अन्तराष्ट्रिय आमन्त्रण सिरीजङ्घा गोल्ड कपको आयव्यय सार्वजनिक, झन्डै ३ लाख बचत



ताप्लेजुङ । तेल्लोक स्पोर्टिङ क्लबले झन्डै ३ लाख रुपैयाँ रकम बचत गरेको छ । क्लबले अन्तराष्ट्रिय आमन्त्रण चौथो सिरीजङ्घा गोल्ड कप तथा सिरीजङ्घा मेला २०८१ को आयव्यय सार्वजनिक गर्दै २ लाख ८९ हजार ७ सय १५ रुपियाँ रकम बचत गरेको जनाएको हो ।

शनिबार क्लबको कार्यालयमा आर्थिक संयोजक दिनेश भट्टराईले आयव्यय सार्वजनिक गर्दै उक्त रकम बचत भएको बताउनुभयो । उहाँका अनुसार कुल ३१ लाख १५ हजार ७ सय ६० रुपैयाँ आम्दानी भएको थियो । यस्तै प्रतियोगिता सम्पन गर्नका लागि २८ लाख २६ हजार ४५ रुपैयाँ रकम खर्च भएको विवरण सार्वजनिक गरिएको छ । भट्टराईका अनुसार बिभिन्न दाताले प्रतिवद्धता गरेको १ लाख २५ हजार रुपैयाँ रकम प्राप्त हुन बाँकी रहेको छ । यो रकम प्राप्त भए बचत रकम ४ लाख १४ हजार ७ सय ५१ रुपैयाँ पुग्ने क्लबले जनाएको छ ।

क्लबले सिरीजङ्घा सिंह थेवेको ३२० औं जन्म जयन्तीको अवसरमा गत मंसिर २३ देखि २९ गते सम्म सिरीजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोकमा खेल तथा कृषि प्रदर्शनी मेला सञ्चालन गरेको थियो । क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार बिभिन्न सरकारी निकाय सङ्घ संस्था तथा स्वदेश विदेशमा रहनु हुने खेलप्रेमी महानुभाव मार्फत सङ्कलित रकमबाट प्रतियोगिता सम्पन्न गरिएको हो ।

प्रतियोगितामा भारत र ताप्लेजुङको एक ९ एक टीम सहित ८ टिमको सहभागिता रहेको रहेको थियो । जसको उपाधि उदयपुरले हात पारेको थियो । विजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँ र उपविजेताले १ लाख २५ हजार ५ सय ५२ रुपैयाँ प्राप्त गरेका थिए । संरक्षक त्येअङसी सिरीजङ्घा स्मृति संस्थाको समन्वयमा क्लबले हरेक वर्ष गोल्ड कप सञ्चालन गर्दै आइरहेको छ।

प्रकाशित मिति : 6:56 pm

ताप्लेजुङका २० जना साना होटल व्यवसायीलाई तालिम

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा ५ दिने साना होटल

ताप्लेजुङमा डाक्टर सन्दुक रुइतको उपस्थितिमा निशुल्क आँखा शिविर सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा विश्व विख्यात नेत्र रोग

मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको अवसरमा साहित्य गोष्ठी 

ताप्लेजुङ, कात्तिक २२ गते । मुक्कुम्लुङ साहित्य प्रतिष्ठानको स्थापना दिवसको

ताप्लेजुङमा फाल्गुनन्द जयन्ती भव्यताका साथ मनाइने

ताप्लेजुङ, कात्तिक २२ गते । ताप्लेजुङमा नेपालको १६औं राष्ट्रिय विभूति

थुकिमामा दोस्रो साङधुङगे माङ्गेन कपको दोस्रो संस्करण सञ्चालन हुने

ताप्लेजुङ, कात्तिक २१ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा दोस्रो