विद्यार्थी बिरामी भएपछि मेरिङदेनका दुई विद्यालय बन्द




रेडियो काबेली
ताप्लेजुङ । विद्यार्थी बिरामी भएपछि ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका दुई विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । मेरिङदेन गाउँपालिका ५ थुकिमाका त्रिभुवन माध्यमिक विद्यालय र जन ज्योति आधारभूत विद्यालय बन्द गरिएको हो । त्रिभुवन माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल लिम्बूका अनुसार ३०० भन्दा बढि विद्यार्थीहरुमा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने, र पेट दुख्ने लक्षण देखिएकोले तीन दिनको लागि विद्यालय बन्द गरिएको छ ।

त्रिभुवन माध्यमिक विद्यालयका १५० जना विद्यार्थी सँगै ४ जना शिक्षकमा उक्त लक्षण देखा परेको छ । यस्तै जन ज्योति आधारभूत विद्यालयमा भने सत प्रतिशतमा उक्त लक्षण देखा परेको बताइएको छ । विद्यालय सँगै समुदाय स्तरमा नै उक्त प्रकारको लक्षण देखा पर्न थाले पछि एक हप्ताको लागि विद्यालय बन्द गर्ने कुरा आए पनि एसईईलाई मध्यनजर गर्दै तीन दिनसम्मको लागि मात्र विद्यालय बन्द गरिएको प्रअ लिम्बूले बनाउनुभयो ।

विद्यालयबाट सूचना प्राप्त भए लगत्तै जनसमुदाय तथा अन्य विद्यालयमा पनि सङ्क्रमण फैलन नदिनका लागि विद्यालय बन्द गर्ने निर्णय गाउँपालिकाले गरेरको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा स्वास्थ्य शाखा प्रमुख उदय कुमार यादवले जानकारी दिनुभयो । विद्यालयमा उपस्थित नभएका विद्यार्थीमा पनि ज्वरो आउने खोकी लाग्ने जिउ दुख्ने नाकबाट पानी बग्ने टाउको दुख्ने र पेट दुख्ने लगायतका लक्षण देखा परेको उहाँको भनाई छ । भाइरल इन्फ्लुएन्जा भाइरसले फ्लु जस्ता सङ्क्रमणको कारणले यस्तो अवस्था हुनसक्ने यादवले बताउनुभयो ।


इन्फ्लुएन्जा भाइरस परीक्षणका लागि विराटनगरबाट किट झिकाइएको र सो नमुना परीक्षण ल्याब टेस्टका लागि विराटनगर पठाउने र रिपोर्ट आएपछि मात्र के समस्या हो भन्ने थाहा हुने यादवको भनाई छ । यस्तै थप सङ्क्रमण हुन नदिन गाउँपालिकाले थप स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

प्रकाशित मिति : 8:53 pm

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि

प्रथम माघेमेला गोल्ड कप : आज लालिगुराँस र झापा भिड्दै 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम