रास्वपा मेहेले वडा सभापतिमा नेत्रप्रसाद गौतम चयन




रेडियो काबेली
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेहेलेको सभापतिमा नेत्र प्रसाद गौतम चयन हुनुभएको छ । बिहिबार भएको अघिवेशनले गौतमलाई सिदिङ्वा गाउँपालिका वडा नं.६ मेहेलेको वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो । रास्वपा ताप्लेजुङ जिल्ला सभापति ई.वीरेन्द्र श्रेष्ठका अनुसार समितीको उपसभापतिमा रमेश लिङ्देन, सचीवमा देवीभक्त भण्डारी, सहसचिवमा अञ्चल भण्डारी, सदस्यहरूमा पार्वता परियार, स्मारिका राई (पाण्डे), पुष्पा पौडेल (चौहान), भगिमाया कट्वाल, होमनाथ बानिया, साजन परियार र दधिराम बानिया चयन हनुभएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङ्ले आफ्नो नियमित वडा अधिबेशन गर्ने क्रममा उक्त वडा अधिवेशन गरिएको हो । रास्वपा ताप्लेजुङ्ले यस अघिनै सिरिजङ्घा गाउँ पालिकाको वडा नं. ७ खेवाङ, फुङलिङ २, ३, ४, ५, ७, र ९ को अधिबेशन समेत सम्पन्न गरिसकेको छ भने तत्काल ३३ वटा वडाहरुको अधिबेशन गर्न मिल्ने संख्या पुगि सकेको र चाँडै बाँकी वडाहरुको पनि संख्या पु¥याई अधिबेशन सम्पन्न गर्ने लक्ष्य लिएको संगठन बिभाग प्रमुख तथा जिल्ला समिती सहसचिव लिलाराज पौडेलले जानकारी दिनुभयो ।


जिल्ला उपसभापति दावा शेर्पाले भ्रष्टाचार, बेथितिलाई तह लगाएर कुशासकहरुलाई जेलको बास बनाएर मात्र मुलुकको बिकास र समृद्धि सम्भव हुने महाअभियानमा होमिएका तमाम रास्वपा कार्यकर्ताहरूलाई होष्टेमा हैसे दिन जिल्लाबासीलाई अपिल गर्नु भयो । साथै उहाँले संगठन बिस्तारसँगै ६१ वटै वडापालिका, ८ वटै गाउँपालिका, १ नगरपालिका, दुई प्रदेश सभा र एक संघिय निर्वाचनको लागि योग्य उम्मेद्वारको खोजीमा रास्वपा ताप्लेजुङ जुटिसकेको बताउनुभयो ।

प्रकाशित मिति : १६ फाल्गुन २०८१, शुक्रबार १६:१०

ताप्लेजुङमा जबरजस्ती करणी उद्योगको अभियोगमा एक जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा जबरजस्ती करणी उद्योगको अभियोगमा एक जना पक्राउ

जिल्ला प्रशासन ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्ने

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सार्वजनिक बिदाको दिनमा पनि

फक्ताङलुङ गाउँपालिकाका विद्यालयलाई योजना सञ्चालनमा रोक, बैशाख २ देखि भर्ना अभियान सञ्चालन निर्देशन

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाभित्र रहेका विद्यालयलाई योजना सञ्चालनमा रोक

कञ्चनजङ्घा महोत्सवमा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

ताप्लेजुङ । कञ्चनजङ्घा महोत्सव २०८२ को अवसरमा पालिका स्तरीय भलिबल

मिक्वाखोलामा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मिक्वाखोला गउँपालिकामा उद्घोषण तथा भाषणकला तालिम