रास्वपा मेहेले वडा सभापतिमा नेत्रप्रसाद गौतम चयन




रेडियो काबेली
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेहेलेको सभापतिमा नेत्र प्रसाद गौतम चयन हुनुभएको छ । बिहिबार भएको अघिवेशनले गौतमलाई सिदिङ्वा गाउँपालिका वडा नं.६ मेहेलेको वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो । रास्वपा ताप्लेजुङ जिल्ला सभापति ई.वीरेन्द्र श्रेष्ठका अनुसार समितीको उपसभापतिमा रमेश लिङ्देन, सचीवमा देवीभक्त भण्डारी, सहसचिवमा अञ्चल भण्डारी, सदस्यहरूमा पार्वता परियार, स्मारिका राई (पाण्डे), पुष्पा पौडेल (चौहान), भगिमाया कट्वाल, होमनाथ बानिया, साजन परियार र दधिराम बानिया चयन हनुभएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङ्ले आफ्नो नियमित वडा अधिबेशन गर्ने क्रममा उक्त वडा अधिवेशन गरिएको हो । रास्वपा ताप्लेजुङ्ले यस अघिनै सिरिजङ्घा गाउँ पालिकाको वडा नं. ७ खेवाङ, फुङलिङ २, ३, ४, ५, ७, र ९ को अधिबेशन समेत सम्पन्न गरिसकेको छ भने तत्काल ३३ वटा वडाहरुको अधिबेशन गर्न मिल्ने संख्या पुगि सकेको र चाँडै बाँकी वडाहरुको पनि संख्या पु¥याई अधिबेशन सम्पन्न गर्ने लक्ष्य लिएको संगठन बिभाग प्रमुख तथा जिल्ला समिती सहसचिव लिलाराज पौडेलले जानकारी दिनुभयो ।


जिल्ला उपसभापति दावा शेर्पाले भ्रष्टाचार, बेथितिलाई तह लगाएर कुशासकहरुलाई जेलको बास बनाएर मात्र मुलुकको बिकास र समृद्धि सम्भव हुने महाअभियानमा होमिएका तमाम रास्वपा कार्यकर्ताहरूलाई होष्टेमा हैसे दिन जिल्लाबासीलाई अपिल गर्नु भयो । साथै उहाँले संगठन बिस्तारसँगै ६१ वटै वडापालिका, ८ वटै गाउँपालिका, १ नगरपालिका, दुई प्रदेश सभा र एक संघिय निर्वाचनको लागि योग्य उम्मेद्वारको खोजीमा रास्वपा ताप्लेजुङ जुटिसकेको बताउनुभयो ।

प्रकाशित मिति : 4:10 pm

कांग्रेस ताप्लेजुङका नौ पालिकामा नेतृत्व चयन, दुईमा निर्वाचन

ताप्लेजुङ, असोज ९ गते । नेपाली काँग्रेस ताप्लेजुङले जिल्लाका नौवटै

दोभान बजार आगलागी : आमा छोरा घाइते

ताप्लेजुङ असोज ९ गते । ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो

प्रतिकूल मौसमका कारण फक्ताङलुङका विद्यालय तीन दिन बन्द

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रतिकूल मौसमका

घुन्सा हेलिकोप्टर दुर्घटनाको दुई दशक : संरक्षणकर्मीको योगदान स्मरण

ताप्लेजुङ, असोज ७ गते । वातावरण तथा भू–संरक्षण क्षेत्रमा योगदान