रास्वपा मेहेले वडा सभापतिमा नेत्रप्रसाद गौतम चयन




रेडियो काबेली
ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मेहेलेको सभापतिमा नेत्र प्रसाद गौतम चयन हुनुभएको छ । बिहिबार भएको अघिवेशनले गौतमलाई सिदिङ्वा गाउँपालिका वडा नं.६ मेहेलेको वडा सभापतिमा सर्वसम्मत चयन गरेको हो । रास्वपा ताप्लेजुङ जिल्ला सभापति ई.वीरेन्द्र श्रेष्ठका अनुसार समितीको उपसभापतिमा रमेश लिङ्देन, सचीवमा देवीभक्त भण्डारी, सहसचिवमा अञ्चल भण्डारी, सदस्यहरूमा पार्वता परियार, स्मारिका राई (पाण्डे), पुष्पा पौडेल (चौहान), भगिमाया कट्वाल, होमनाथ बानिया, साजन परियार र दधिराम बानिया चयन हनुभएको छ ।


राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङ्ले आफ्नो नियमित वडा अधिबेशन गर्ने क्रममा उक्त वडा अधिवेशन गरिएको हो । रास्वपा ताप्लेजुङ्ले यस अघिनै सिरिजङ्घा गाउँ पालिकाको वडा नं. ७ खेवाङ, फुङलिङ २, ३, ४, ५, ७, र ९ को अधिबेशन समेत सम्पन्न गरिसकेको छ भने तत्काल ३३ वटा वडाहरुको अधिबेशन गर्न मिल्ने संख्या पुगि सकेको र चाँडै बाँकी वडाहरुको पनि संख्या पु¥याई अधिबेशन सम्पन्न गर्ने लक्ष्य लिएको संगठन बिभाग प्रमुख तथा जिल्ला समिती सहसचिव लिलाराज पौडेलले जानकारी दिनुभयो ।


जिल्ला उपसभापति दावा शेर्पाले भ्रष्टाचार, बेथितिलाई तह लगाएर कुशासकहरुलाई जेलको बास बनाएर मात्र मुलुकको बिकास र समृद्धि सम्भव हुने महाअभियानमा होमिएका तमाम रास्वपा कार्यकर्ताहरूलाई होष्टेमा हैसे दिन जिल्लाबासीलाई अपिल गर्नु भयो । साथै उहाँले संगठन बिस्तारसँगै ६१ वटै वडापालिका, ८ वटै गाउँपालिका, १ नगरपालिका, दुई प्रदेश सभा र एक संघिय निर्वाचनको लागि योग्य उम्मेद्वारको खोजीमा रास्वपा ताप्लेजुङ जुटिसकेको बताउनुभयो ।

प्रकाशित मिति : 4:10 pm

सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 

ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 

ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

पूर्व मन्त्रीसहित ताप्लेजुङका दुई नेतालाई एमालेद्वारा निलम्बन

ताप्लेजुङ, मंसिर १६ गते । नेकपा एमालेले ताप्लेजुङका दुई नेतालाई

जिल्ला समन्वय समिति प्रमुख लामा एमालेमा प्रवेश

ताप्लेजुङ, मंसिर १६ गते । जिल्ला समन्वय समितिका प्रमुख छिरिङ

सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 

ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा