गाउँपालिकाद्धारा राष्ट्रिय परिचय पत्र वितरण



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ । गाउँपालिकाले जिल्ला प्रशासनबाट उपलब्ध भएको राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको हो ।

मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङ्तेप निवासी रमेश केदेमलाई वितरण गर्दै गाउँपालिकाले औपचारिक रुपमा राष्ट्रिय परिचय पत्र वितरणको कार्य सुरु गरेको गाउँपालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभएको छ । गाउँपालिका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चङवाङ र निमित्त प्रमुख प्रशासकीय अधिकृत उदय कुमार यादवको उपस्थितिमा केदेमलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।  

साथै आगामी दिनमा मेरिङदेन गाउँपालिका पञ्जिकरण शाखाले अव प्रत्येक वडा वडामा पुगी जिल्ला प्रशासनबाट उपलब्ध भएको राष्ट्रिय परिचय पत्र वितरण गरिने एम। आइ। एस। अपरेटर देउमान लङ्वाले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार २१:०४

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान

आज नागपञ्चमी पर्व, घरका मूलढोकामा नाग टाँसेर मनाइँदै

ताप्लेजुङ । आज नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर

ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन्

ताप्लेजुङ गोल्ड कप : टिकट बिक्रीको भयो सम्झौता, आयोजकलाई लङ्वाले बुझाए ७५ प्रतिशत रकम 

ताप्लेजुङ । तेश्रो ताप्लेजुङ गोल्ड कपका लागि टिकट बिक्रीको जिम्मेवारी

ढङढङ्गे झरनाको उत्कृष्ट भिडियो बनाउनेलाई २० हजार पुरस्कार

ताप्लेजुङ । ढङढङ्गे झरनाको एक मिनेटसम्मको उत्कृष्ट भिडियो बनाउनेलाई २०