ताप्लेजुङमा शतप्रतिशत छात्रालाई लगाइयो एचपिभी खोप



ताप्लेजुङ  ताप्लेजुङमा शतप्रतिशत छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइएको छ । ताप्लेजुङमा गत माघ २२ गतेदेखि सुरु गरिएको खोप कार्यक्रम मार्फत शतप्रतिशत किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत दिनेश रायले बताउनुभयो । 

लक्षित सङ्ख्या अनुसार नै जिल्लाका ७ हजार १ सय २० जना छात्रालाई एचपीभी खोप लगाइएको अधिकृत रायले जानकारी दिनुभयो । पालिकाको बिभिन्न स्थानका २ सय २३ ओटा खोप केन्द्र मार्फत उक्त सङ्ख्याका छात्राहरूलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । रायका अनुसार सबैभन्दा बढी छात्रा रहेको फुङलिङ नगरपालिकामा २ हजार ४ सय ७६ जना र सबैभन्दा कम मैवाखोला गाउँपालिकाका ६ सय २७ जना छात्रालाई खोप लगाइएको छ । 

यस्तै सिरीजङ्घा गाउँपालिकामा ८ सय २५, सिदिङवा गाउँपालिकामा ५ सय ३७, पाथीभरा याङवरक गाउँपालिकामा ५ सय १४ जना र मिक्वाखोला गाउँपालिकामा  ३ सय ६५ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय ताप्लेजुङको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कका अनुसार भूगोल हिसाबले सबैभन्दा ठुलो स्थानीय तह फक्ताङलुङ गाउँपालिकामा ६ सय ३६, मेरिङदेन गाउँपालिकामा ६ सय २ जना, मैवाखोला गाउँपालिकामा ५ सय २७ र आठराई त्रिवेणी गाउँपालिकामा ६ सय ३८ जना छात्रालाई खोप लगाइएको छ । 

ताप्लेजुङमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । माघ २२ गतेदेखि २६ गते सम्म सञ्चालन भएको पहिलो चरणमा फुङलिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका, सिदिङवा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाका छात्रालाई खोप दिइएको थियो । बाँकी रहेका ५ ओटा पालिकामा माघ २८ देखि फागुन ३ गतेसम्म खोप अभियान चलाइएको अधिकृत रायको भनाइ छ । 

दोश्रो चरण अन्तर्गत आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकाका छात्रालाई लगाइएको थियो । हरेक पालिकामा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई एचपिभी खोप लगाइएको जनाइएको छ । पाठेघरको मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट बचाउन महिलाहरूलाई एचपिभी विरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : 8:40 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ