ताप्लेजुङमा शतप्रतिशत छात्रालाई लगाइयो एचपिभी खोप



ताप्लेजुङ  ताप्लेजुङमा शतप्रतिशत छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको खोप लगाइएको छ । ताप्लेजुङमा गत माघ २२ गतेदेखि सुरु गरिएको खोप कार्यक्रम मार्फत शतप्रतिशत किशोरीलाई खोप लगाइएको स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत दिनेश रायले बताउनुभयो । 

लक्षित सङ्ख्या अनुसार नै जिल्लाका ७ हजार १ सय २० जना छात्रालाई एचपीभी खोप लगाइएको अधिकृत रायले जानकारी दिनुभयो । पालिकाको बिभिन्न स्थानका २ सय २३ ओटा खोप केन्द्र मार्फत उक्त सङ्ख्याका छात्राहरूलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । रायका अनुसार सबैभन्दा बढी छात्रा रहेको फुङलिङ नगरपालिकामा २ हजार ४ सय ७६ जना र सबैभन्दा कम मैवाखोला गाउँपालिकाका ६ सय २७ जना छात्रालाई खोप लगाइएको छ । 

यस्तै सिरीजङ्घा गाउँपालिकामा ८ सय २५, सिदिङवा गाउँपालिकामा ५ सय ३७, पाथीभरा याङवरक गाउँपालिकामा ५ सय १४ जना र मिक्वाखोला गाउँपालिकामा  ३ सय ६५ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय ताप्लेजुङको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्कका अनुसार भूगोल हिसाबले सबैभन्दा ठुलो स्थानीय तह फक्ताङलुङ गाउँपालिकामा ६ सय ३६, मेरिङदेन गाउँपालिकामा ६ सय २ जना, मैवाखोला गाउँपालिकामा ५ सय २७ र आठराई त्रिवेणी गाउँपालिकामा ६ सय ३८ जना छात्रालाई खोप लगाइएको छ । 

ताप्लेजुङमा दुई चरणमा खोप अभियान सञ्चालन गरिएको थियो । माघ २२ गतेदेखि २६ गते सम्म सञ्चालन भएको पहिलो चरणमा फुङलिङ नगरपालिका, सिरिजङ्घा गाउँपालिका, सिदिङवा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाका छात्रालाई खोप दिइएको थियो । बाँकी रहेका ५ ओटा पालिकामा माघ २८ देखि फागुन ३ गतेसम्म खोप अभियान चलाइएको अधिकृत रायको भनाइ छ । 

दोश्रो चरण अन्तर्गत आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिकाका छात्रालाई लगाइएको थियो । हरेक पालिकामा कक्षा ६ देखि १० सम्म अध्ययनरत तथा विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समुहका किशोरीलाई एचपिभी खोप लगाइएको जनाइएको छ । पाठेघरको मुखको क्यान्सर, गुदद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट बचाउन महिलाहरूलाई एचपिभी विरुद्धको खोप अभियान सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : 8:40 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा