पाथीभरा मन्दिरको भेटि माघ महिनामा १० लाख बढि गणना



ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिले माघ महिनामा गणना गरिएका भेटी रकम सार्वजनिक गरेको छ । समितिले हरेक महिना गणना गरिएको भेटी प्रत्येक महिनाको मसान्तको दिन सार्वजनिक गर्ने निर्णय र प्रतिबद्धता अनुसार नै भेटी रकम सार्वजनिक गरेको हो ।

माघ महिना अवधि भरीमा १० लाख बढी भेटी गणना गरी बिभिन्न बैँकमा जम्मा गरिएको विवरण सार्वजनिक गरिएको कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार १० लाख ४० हजार ३ सय रुपियाँ भेटी विभिन्न मितिमा गणना गरी बैँकमा जम्मा गरिएको हो ।

३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरमा दर्शनार्थीले चढाएको भेटी रकम पाथीभरा क्षेत्र विकास समितिले सङ्कलन तथा गणना गरी हरेक महिना सार्वजनिक गर्दै आएको छ । यस्तै माघ महिनामा ४ हजार २४५ जना भक्तजनहरूले पाथिभरा देविको दर्शन गरेको पाथिभरा क्षेत्र विकास समितिले जनाएको छ ।

पाथीभरा दर्शनका लागि असोज, कात्तिक र फागुन, चैतमा विशेष गरि बढी मात्रा तीर्थयात्री आउने गरेका छन् । विगतका केही वर्षहरूमा हरेक दिनको न्यनतम एक सय देखि ३ सय जना सम्म तीर्थयात्री आइरहने यस क्षेत्रमा हाल विरोधका कारण तीर्थयात्री सुन्यमा झरेको छ । नो केबलकार समुहले आह्वान गरेको बन्दका कारण करिब एक साता भन्दा बढी पाथीभरा सुनसान बनेको थियो । हाल केही छिटफुट मात्रै भक्तजनहरू आउने गरेको क्षेत्रका विकासले जनाएको छ ।

प्रकाशित मिति : 6:05 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा