केबलकार निर्माण विरुद्धमा आन्दोलनरत पक्षद्वारा सङ्घर्षका कार्यक्रम सार्वजनिक



ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण विरुद्धको आन्दोलनरत पक्षले सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । सरकारले आफ्नो प्रतिवद्धता कायम गर्न नसकेको र वार्ताका लागि वातावरण बनाउन नसकेको भन्दै थप सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेका हुन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै माघ २९ गते देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैँक सहित आइएमई समुहलाई कोशी प्रदेश लगायत देशविदेशमा बहिष्कार गरिने जनाइएको छ । फागुन ६ गतेदेखि ८ गतेसम्म मुक्कुमलुङ बचाऔँ पदयात्रा, फुङ्लिङ नगरपालिका कार्यालय घेराउ, केबलकार निर्माण सामग्री ढुवानी नगर्न सबैमा आग्रह सँगै काठमाडौँ, इटहरी र बिर्तामोडमा विरोध सभा गरिने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तै केबलकार खारेजीका लागि कोशी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय मार्फत सङ्घ सरकारलाई विरोध पत्र पठाउने प्रर्दशन गर्ने र विदेश स्थित दुतावासबाट विरोध पठाउने र अनिश्चितकालीन यातायात बन्द र आमहडताल गरिने जनाइएको छ । 

गत माघ २२ गते भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति भएपनि कार्यन्वयन नभएकाले मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि माग गरेका थिए । पुन दोश्रो पटक वार्ताका लागि हिजो बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको थियो । आफ्ना मागहरू राजनीतिक तवरका भएकाले कर्मचारीबाट कार्यन्वयन नहुने निश्चित भएको ठहर गर्दै मन्त्रीस्तरीय वार्ता समिति गठनका लागि माग गर्दा पनि पुरा नभएकाले सडकमा जान बाध्य भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नो केबलकार समूह र प्रहरीबीच भएको झडपमा चलेको गोली लागेर आफ्ना कार्यकर्ता घाईते भएपछि अनिश्चित यातायात बन्द गरेका थिए । सरकारसँग भएको पहिलो वार्तामार्फत ६ बुँदे सहमति पश्चात बन्द फिर्ता लिएका थिए । तर आफूहरूले हिजो साँझसम्मको अल्टिमेटम दिँदा समेत बेवास्ता गरेकाले सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य भएको नो केबलकार समुहको भनाई छ ।

प्रकाशित मिति : 5:33 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा