ताप्लेजुङको मैवाखोमा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको केन्द्र साँघुस्थित नारायणी माध्यमिक विद्यालयको खेलमैदानमा १५औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।  

प्रतियोगिताको उद्‌घाटन प्रदेश सरकारका पूर्व आर्थिक योजना तथा मामिलामन्त्री इन्द्र बहादुर आङबोले गर्नु भएको छ । उद्‌घाटन समारोहमा ७ वटै प्रदेशको झल्को दिने १५ सय विद्यार्थीहरूले विभिन्न किसिमका सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा ९ वटा पालिकाबाट ७ सय जना खेलाडीको सहभागिता रहेको छ । 

मैवाखोला गाउँपालिकाले आफ्नो प्रत्येक पालिकाका खेलाडीलाई एक लाखका दरले बिमा समेत गरिदिएको छ । साथै मैवाखोलाबाट सहभागि भएका खेलाडीले स्वर्ण पदक प्राप्त गरेमा ५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप रकम प्राप्त गर्ने छन् । प्रतियोगिता आगामी माघ ३० गतेसम्म जारी रहने छ । 

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले आयोजना गरेको प्रतियोगिता मैवाखोला गाउँपालिकाको व्यवस्थापनमा सञ्चलन भएको हो ।

प्रकाशित मिति : २७ माघ २०८१, आईतवार १८:४८

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको