ताप्लेजुङको मैवाखोमा आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु



ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका आजबाट राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिकाको केन्द्र साँघुस्थित नारायणी माध्यमिक विद्यालयको खेलमैदानमा १५औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।  

प्रतियोगिताको उद्‌घाटन प्रदेश सरकारका पूर्व आर्थिक योजना तथा मामिलामन्त्री इन्द्र बहादुर आङबोले गर्नु भएको छ । उद्‌घाटन समारोहमा ७ वटै प्रदेशको झल्को दिने १५ सय विद्यार्थीहरूले विभिन्न किसिमका सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । प्रतियोगितामा ९ वटा पालिकाबाट ७ सय जना खेलाडीको सहभागिता रहेको छ । 

मैवाखोला गाउँपालिकाले आफ्नो प्रत्येक पालिकाका खेलाडीलाई एक लाखका दरले बिमा समेत गरिदिएको छ । साथै मैवाखोलाबाट सहभागि भएका खेलाडीले स्वर्ण पदक प्राप्त गरेमा ५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप रकम प्राप्त गर्ने छन् । प्रतियोगिता आगामी माघ ३० गतेसम्म जारी रहने छ । 

जिल्ला खेलकुद विकास समिति ताप्लेजुङले आयोजना गरेको प्रतियोगिता मैवाखोला गाउँपालिकाको व्यवस्थापनमा सञ्चलन भएको हो ।

प्रकाशित मिति : 6:48 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी