आन्दोलनरत पक्ष सँग गृह मन्त्रीमार्फत भेटघाटको समय उपलब्ध भएको योगेश भट्टराईको भनाई



ताप्लेजुङ । प्रतिनिधि सभा सदस्य योगेशकुमार भट्टराईले केबलकार निर्माणको विरोध गरिरहेको आन्दोलनरत पक्ष सँग गृह मन्त्री रमेश लेखकले भेटघाटको समय उपलब्ध गराउनुभएको बताउनुभएको छ । गृह मन्त्रीमार्फत भोलि साँझ ६ बजे भेटघाटको समय उपलब्ध भएको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी गराउनुभएको छ । 

आज बिहान १० बजेदेखि अपरान्ह १२ बजेसम्म निर्माणाधीन पाथिभरा केबलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधिहरू सँग संवाद भएको र वहाँहरूले गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राखन चाहेकाले गृह मन्त्री समक्ष अनुरोध गरि उक्त समय उपलब्ध भएको जानकारी दिनुभएको छ । 

साथै आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फत समस्याको समाधान गर्न अनुरोध समेत गर्नु भएको छ । आज भएको आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । 

बसेरा होटल, सिंहदरबार काठमाडौंमा आज बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।  मुक्कुमलुङमा नो केबलकार आन्दोलनको तर्फबाट सहजीकरण वार्ता टोलीका खगेन्द्र माखिमका अनुसार करिब ४० मिनेट पछि वार्ता विना निष्कर्ष टुङ्गिएको हो । मागको विषयमा सहमति कायम हुन नसक्दा वार्ता निचोडमा पुग्न नसकेको आन्दोलनरत पक्षको भनाई छ । 

प्रकाशित मिति : 6:39 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा