केबलकार विवाद : आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गियो 



ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार निर्माणको विरोध गरिरहेको आन्दोलनरत पक्ष र सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको छ । बसेरा होटल, सिंहदरबार काठमाडौंमा आज बसेको वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।  

नो केबलकार आन्दोलनको तर्फबाट सहजीकरण वार्ता टोलीका खगेन्द्र माखिमको अनुसार करिब ४० मिनेट पछि वार्ता विना निष्कर्ष टुङ्गिएको हो । मागको विषयमा सहमति कायम हुन नसक्दा वार्ता निचोडमा पुग्न नसकेको आन्दोलनरत पक्षको भनाई छ । 

यस अघि आन्दोलनरत पक्षले सरकारी वार्ता समितिको ‘हैसियत’ नपुगेको भन्दै मन्त्रीस्तरको वार्ता टोली गठन गर्न माग गरेको थियो । गत माघ १२ गते प्रहरी र ‘नो केबलकार’ पक्षधरबीच झडप भएपछि बन्दको आह्वान गरिएको थियो । करिब एक साता लामो यातायात बन्दले ताप्लेजुङसहित पूर्वका अन्य जिल्लाका नागरिकको जनजीवन प्रभावित बनेको थियो ।

प्रकाशित मिति : 4:28 pm

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा