लैङ्गिक समानता तथा समावेशीकरण कार्यक्रम अन्तर्गत पाँच दिने उद्‍घोषण तालिम सम्पन्न



ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङमा लैङ्गिक समानता तथा समावेशीकरण कार्यक्रम अन्तर्गत पाँच दिने उद्‍घोषण तालिम सम्पन्न भएको छ । नेपाल कपडा तथा सिलाई व्यावसायी सङ्घ ताप्लेजुङको आयोजना र फुङलिङ नगरपालिका वडा नं. ४ को समन्वयमा तालिम सञ्चालन भएको हो । 

तालिममा फुङलिङ नगरपालिका भित्रका दलित समुदायका २० जना महिलाहरूको सहभागिता रहेको थियो । फुङलिङ नगरपालिका वडा नं. ४ को सभाहलमा सम्पन्न भएको उक्त तालिमको सहजिकरण पत्रकार किरण गदाईलीले गर्नुभएको थियो । फुङ्लिङ नगरपालिका कार्यपालिका सदस्य भीम कला दर्जीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको तालिममा नेपाल कपडा तथा सिलाई व्यवसायी सङ्घ केन्द्रीय सदस्य नरजुङ सुनाम, पाथीभरा सुनचाँदी व्यवसायिक कला सङ्घका अध्यक्ष गंगाराम शंकर, फुङलिङ नगरपालिका ६ नं. वडा सचिव रनकुमार बिक र फुङलिङ नगरपालिका वडा नं. ४ बाट निर्वाचित महिला सदस्य रिता दर्नालको उपस्थिति रहेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि भीमकला दर्जीले सिकेका कुराहरूलाई उपयोग गरी विभिन्न अवसरहरूमा सदुपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्दै आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । यस्तै पाथीभरा सुनचाँदी व्यवसायिक कला सङ्घका अध्यक्ष गंगाराम शंकरले दलित समुदायलाई वाक कलामा निपूर्ण बनाउनको लागि तालिम महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रयोगात्मकतालाई प्राथमिकता दिन प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो । उहाँले आफूहरूले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरूमा यहाँबाट उत्पादित जनशक्तिहरूलाई स्थान दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । 

छोटो समयमा पनि प्रशिक्षार्थीहरूको वाक कलामा धेरै सुधार आएको आफूले पाएको र आगामी दिनहरूमा यस्ता तालिमहरू धेरै गराउन सके राम्रो जनशक्ति उत्पादन गर्न सकिने प्रशिक्षक किरण गदाईलीले बताउनुभयो । यस्तै तालिमबाट उत्पादित जनशक्तिहरूलाई विभिन्न स्थानहरूमा परिचालन गरिदिन सरोकारवालाहरूलाई उहाँको आग्रह रहेको छ । माघ २१ गते देखि सुरु भएको तालिम माघ २५  गते शनिबार सम्पन्न भएको हो । 

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार २१:२४

नेविसङ्घको स्थापना दिवसमा साहित्य सृजना प्रस्तुती 

ताप्लेजुङ । नेपाल विद्यार्थी सङ्घको ५६ औं स्थापना दिवसको अवसरमा

वाईसिएल फुङलिङ नगर अध्यक्षमा भुपाल मादेन

रेडियो काबेलीताप्लेजुङ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट

फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

योगेश भट्टराईलाई लेलेपमा गरिएको व्यवहार प्रति एमाले ताप्लेजुङको आपत्ति

ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभाका सदस्य योगेश कुमार

राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ ताप्लेजुङको अध्यक्षमा मेन्याङ्बो

ताप्लेजुङ । राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपाल ताप्लेजुङको अध्यक्षमा देवेन्द्रकुमार मेन्याङ्बो