रेडियो काबेली सञ्चालक समितिका अध्यक्ष लिबाङ् सहित तीन जना पत्रकार पुरस्कृत 



ताप्लेजुङ । रेडियो काबेलीका सञ्चालक समितिका अध्यक्ष लोकेश लिबाङ् सहित तीन जना पत्रकार पुरस्कृत तथा सम्मानित भएका छन् । प्रेस चौतारी नेपालले आफ्नो २७औं स्थापना दिवसको अवसरमा उहाँहरूलाई सम्मान गरेको हो । 

 प्रेस चौतारी नेपाल पुरस्कारबाट पत्रकार लोकेश लिबाङ सम्मानित हुनुभएको छ । जयमती कर्णबहादुर पुरस्कार २०८१ बाट नेपाल पत्रकार महासङ्घ ताप्लेजुङका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ पुरस्कृत हुनुभएको छ । यस्तै भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कारबाट २०८१ नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष मदन गौतम पुरस्कृत हुनुभएको छ ।

उहाँहरूलाई जनही नगद १० हजार १ सयको दर सहित प्रमाण पत्र र दोसल्ला उडाएर सम्मान तथा पुरस्कृत गरिएको प्रेस चौतारी ताप्लेजुङका अध्यक्ष बसन्त पालुङवाले जानकारी दिनुभएको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघु पुर्ख्यौली घर भइ हाल काठमाडौँ निवासी समाजसेवी तथा व्यावसायी बलबहादुर तामाङले आफ्नी आमा जयमती तथा बुबा कर्णबहादुरको सम्मानमा जयमती कर्णबहादुर पत्रकारीता पुरस्कार अक्षयकोष स्थापना गर्नु भएको हो । 

ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङदेवा पुर्ख्यौली घर भइ हाल काठमाडौँ निवासी समाजसेवी तथा पर्यटन व्यवसायी ईश्वरी पौडेलले आमा भीमादेवी र बुबा अग्निप्रसाद सम्मानमा भीमादेवी–अग्निप्रसाद पत्रकारिता पुरस्कार स्थापना गर्नु भएको हो । साथै प्रेस चौतारी नेपाल पुरस्कार भने प्रेस चौतारी ताप्लेजुङले आफ्नै स्रोतबाट व्यवस्थापन गरेको अध्यक्ष लिम्बूको भनाई छ । 

यातायात बन्दका कारण लोकेश लिम्बू र राजेन्द्र श्रेष्ठ भने कार्यक्रममा अनुपस्थित भए । उहाँहरूको पुरस्कार आफन्तले ग्रहण गरेका थिए । प्रेस चौतारी नेपालले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गर्दै आएको प्रेस चौतारी अध्यक्ष बसन्त लिम्बूले जानकारी दिनुभएको छ । 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलवार २०:३१

फोनिज ताप्लेजुङमा समाजसेवी लिम्बूद्वारा डेढ लाख बढीको अक्षयकोष स्थापना

ताप्लेजुङ, साउन २८ गते । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ

गएराति देशैभर वर्षा : बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । देशैभर गएराति वर्षा भएको छ । गएराति कोशी

ताप्लेजुङ गोल्ड कप : फाइनल प्रवेशका लागि सुनसरी र चर्च ब्वाइज भिड्दै

ताप्लेजुङ साउन २८ गते । फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण

ताप्लेजुङ गोल्डकप : फराकिलो गोल अन्तरले सलहेशसँग पाँचथर पराजित, सेमिफाइनलको समीकरण पुरा

साहारा लिम्बूताप्लेजुङ, साउन २७ गते । फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय

ताप्लेजुङ गोल्डकप : आज पाँचथर र सलहेश युवा क्लब भिड्दै

ताप्लेजुङ, साउन २७ गते । फुङलिङमा जारी तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण