बार्ताद्धारा आन्दोलनरत पक्षका जायज माग सम्बोधन गर्न उद्योग वाणिज्य संघ ताप्लेजुङको अनुरोध




रेडियो काबेली
ताप्लेजुङ ।
उद्योग वाणिज्य संघ ताप्लेजुङले बार्ताद्धारा आन्दोलनरत पक्षका जायज माग सम्बोधन गर्न अनुरोध गरेको छ । बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै वाणिज्य संघले सरकारले उच्च स्तरीय वार्ता टोली गठन गरी आन्दोलनरत पक्षसँग तत्काल सार्थक वार्तामार्फत आन्दोलनरत पक्षका जायज माग सम्बोधन गरी समस्या समाधानका गर्न अनुरोध गरेको हो ।

साथै विज्ञप्तीमा माघ १५ गते देखि मेची राजमार्ग, तमोर करिडोर तथा तेह्रथुमबाट भित्रने मुख्य सडक अनिश्चितकालिन यातायात वन्द भएकाले दैनिक जनजीवन असहज बन्दै गएकोले आन्दोलनरत पक्षलाई वन्दका कार्यक्रम फिर्ता लिएर जनजीवन सामान्य बनाउने विषयमा सहयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ । त्यस्तै गत शनिबार पाथीभरा (मुक्कुमलुङ) क्षेत्रस्थित बलुडाँडामा भएको झडपले चौतर्फी चिन्ता बढाएको जनाउँदै घाईतेको निःशुल्क उपचारको प्रबन्धका लागि नेपाल सरकारको ध्यानाकर्षण विज्ञप्ती मार्फत गरिएको छ ।

वाणिज्य संघका जिल्ला अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बुद्धारा हस्ताक्षरित विज्ञप्तीमा संवादबाट समस्या समाधान हुनेमा विश्वस्त रहेको जनाउँदै दुवै पक्षलाई संयमता र धैर्यता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : 6:23 pm

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ