बार्ताद्धारा आन्दोलनरत पक्षका जायज माग सम्बोधन गर्न उद्योग वाणिज्य संघ ताप्लेजुङको अनुरोध




रेडियो काबेली
ताप्लेजुङ ।
उद्योग वाणिज्य संघ ताप्लेजुङले बार्ताद्धारा आन्दोलनरत पक्षका जायज माग सम्बोधन गर्न अनुरोध गरेको छ । बिहिबार प्रेस विज्ञप्ती जारी गर्दै वाणिज्य संघले सरकारले उच्च स्तरीय वार्ता टोली गठन गरी आन्दोलनरत पक्षसँग तत्काल सार्थक वार्तामार्फत आन्दोलनरत पक्षका जायज माग सम्बोधन गरी समस्या समाधानका गर्न अनुरोध गरेको हो ।

साथै विज्ञप्तीमा माघ १५ गते देखि मेची राजमार्ग, तमोर करिडोर तथा तेह्रथुमबाट भित्रने मुख्य सडक अनिश्चितकालिन यातायात वन्द भएकाले दैनिक जनजीवन असहज बन्दै गएकोले आन्दोलनरत पक्षलाई वन्दका कार्यक्रम फिर्ता लिएर जनजीवन सामान्य बनाउने विषयमा सहयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ । त्यस्तै गत शनिबार पाथीभरा (मुक्कुमलुङ) क्षेत्रस्थित बलुडाँडामा भएको झडपले चौतर्फी चिन्ता बढाएको जनाउँदै घाईतेको निःशुल्क उपचारको प्रबन्धका लागि नेपाल सरकारको ध्यानाकर्षण विज्ञप्ती मार्फत गरिएको छ ।

वाणिज्य संघका जिल्ला अध्यक्ष नारायण थापा र महासचिव कमल लिम्बुद्धारा हस्ताक्षरित विज्ञप्तीमा संवादबाट समस्या समाधान हुनेमा विश्वस्त रहेको जनाउँदै दुवै पक्षलाई संयमता र धैर्यता अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : 6:23 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले