पाथीभरा केबलकार निर्माण पक्षले स्थानीयलाई सेयर, सहुलियत र रोजगारी दिनुपर्छःयोगेश भट्टराई



ताप्लेजुङ । नेकपा (एमाले) का सचिवसमेत रहेका प्रतिनिधि सभा सांसद योगेश भट्टराईले पाथीभरा (मुकुम्लुङ) केबलकार निर्माण पक्षले स्थानीय बासिन्दालाई सेयर, सहुलियत र रोजगारी दिनुपर्ने बताएका छन्।

काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै भट्टराईले पाथीभरा केबलकार निर्माणका क्रममा झडपमा घाइते भएकाहरूको उपचार व्यवस्था गरी वार्ताबाटै समस्याको समाधान खोज्नुपर्ने पनि बताए।

केबलकार निर्माण पक्षले ताप्लेजुङका मानिसलाई सहुलियतको ग्यारेन्टी गर्नुपर्ने पनि उनको भनाइ छ।

‘केबलकार निर्माण पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा १० वर्षमुनिका बालबालिका र अपांगता भएकाहरूलाई निःशुल्क सेवा दिने घोषणा गर्नुपर्दछ,’ उनले भने, ‘प्रभावित क्षेत्रका नागरिकहरुलाई सुलभ सेयरको व्यवस्था गर्नुपर्दछ। रोजगारीको क्षेत्रमा ताप्लेजुङवासीलाई प्राथमिकता दिनुपर्दछ। केबलकारको शुल्कमा ताप्लेजुङवासीलाई ५० प्रतिशत सहुलियत दिनुपर्दछ। स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ।’

उनले लोकतन्त्रमा विरोध र असहमति राख्ने अधिकारको सम्मान गर्ने पनि बताए। समस्याको समाधान वार्ता र संवादको माध्यमबाट गर्नुपर्ने पनि उनले बताए।

परिस्थीतिलाई उत्तेजित बनाउने र सामाजिक सद्भाव भड्किने खालका गतिविधिले हित नगर्ने उनको भनाइ छ।

यसका लागि आन्दोलनरत पक्षलाई बन्द हड्तालका कार्यक्रम फिर्ता लिन, सरकारलाई गिरफ्तार भएका व्यक्तिहरू रिहा गर्न, घाइतेको उपचारको व्यवस्था गर्न पनि उनले माग गरेका छन्।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहबाट कानूनी प्रक्रिया पूरा गरेर पाथीभरा देवी मुकुम्लुङ केबलकार कम्पनीले ताप्लेजुङमा अवस्थित पाथीभरामा केबलकार निर्माणको काम सुरू गरेको पनि उनको भनाइ छ।

पाथीभराको मुख्य मन्दिरभन्दा करिब ८ सय मिटर बाहिर केबलकार स्टेशन निर्माण हुने उनले बताए।

पाथीभराको टुप्पोमा कुनै होटल वा रेष्टुरेण्ट नबन्ने र बन्न नदिने उनले बताए।

उनले रूख करिब २ हजार ११२ वटा कटान हुने भन्दै बाहिर प्रचार गरिए जस्तो २५ हजार रुख काट्ने हल्लामा कुनै सत्यता नभएको बताए।

(न्युज एजेन्सी नेपाल)

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार १५:३७

फुङ्लिङ बजार अब शुक्रबार पनि खुला हुने

रेडियो काबेलीताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार पनि खुला

ताप्लेजुङमा पुन थपियो निषेधज्ञा: बिहान १० बजेदेखी साँझ ५ बजेसम्म लागु हुने

ताप्लेजुङ । ताप्लेजुङमा शान्ति सुरक्षा कायम राख्न भन्दै जिल्ला प्रशासन

प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

ताप्लेजुङ, भदौ २७ गते । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक

शीतल निवास वार्ता : बिहान ९ बजे पुनः बस्ने गरी स्थगित

ताप्लेजुङ, भदौ २७ गते । शीतल निवासमा अन्तरिम सरकार गठन

मैवाखोलामा सेफ्टी ट्याङकीको खाल्डोमा परि दुई बालबालिकाको मृत्यु

ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा सौचालयको सेफ्टी ट्याङकीको खाल्डोमा परि