केबलकार विवाद : वार्ता र संवादद्धारा समस्याको समाधान गर्न नगर प्रमुख मादेनको आह्वान




रेडियो काबेली
ताप्लेजुङ ।
फुङलिङ नगरपालिकाले केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्षलाई बन्द र हटताल फिर्ता गरि आपसी छलफल, वार्ता र संवादमा आई समस्याको समाधान गर्न आह्वान गरेको छ । मंगलबार नगर प्रमुख अमिर मादेनद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा आन्दोलनरत पक्षलाई वार्ता, छलफल र संवादमा आई समस्याको समाधान तर्फ लाग्न आह्वान गरिएको हो ।
नगरपालिकाद्धारा जारी विज्ञप्तीमा लेखिएको छ,“ माघ १५ गते (आज) बसेको ५४ औं कार्यापालिकाको बैठकले बन्द हडताल मात्र समस्याको समाधान नहुने भनि निर्णय गरेकोले सवै पक्षहरु विच आपसी छलफल, वार्ता, सम्वाद र समन्वयका आधारमा सवैको स्वामित्व र अपनत्व कायम गर्दै पुनः यातायात, उद्योग, व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्था लगायत शैक्षिक संस्थाहरु वन्द हडताल नगरी सम्बन्धित पक्षहरुमा थप क्षति हुनवाट बच्न सहमतीका लागि वार्ताद्धारा समस्याको समाधान गर्न नगरपालिकाका तर्फवाट अनुरोध गर्दै केवलकार निर्माण कार्य अगाडी वढाउन सहयोग गर्नु हुन सम्वन्धित पक्षहरु विच हार्दिक अनुरोध गर्दछौ ।”


साथै नगरपालिकाले यस अघि गत भाद्र २१ गतेको ४५ औं कार्यपालिकाको बैठकले फुङलिङ नगरपालिका क्षेत्र भित्र तथा अन्य जिल्लाहरुवाट ताप्लेजुङसम्म आउने यातायतका साधनहरु एवं फुङलिङ नगरपालिका भित्र सञ्चालित उद्योग, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु कुनै पनि राजनैतिक दल, संघ संस्था वा समुहले अवरोध तथा वन्द, हडताल गर्न गराउन नपाउने भनि गरेको निर्णयलाई समेत स्मरण गराएको छ ।


साथै गत शनिबार पाथीभरा क्षेत्रको बलुडाँडामा केबलकार खारेजी पक्ष र प्रहरी बिच भएको झडपमा घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्ती मार्फत गरिएको छ । ताप्लेजुङ जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल पाथीभराको महिमा र महत्वको प्रचार प्रसार गर्दै समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक विकाससँग जोडिएको पाथीभरा मुकुम्लुङ केवलकार निर्माणमा सवै पक्षको सहयोगको अपेक्षा गरिएको विज्ञप्तीमा उल्लेख छ ।


साथै विज्ञप्तीमा नो केवलकार समुहद्धारा आवाह्नान गरेको अनिश्चितकालिन मेची राजमार्ज, तमोर करिडोर र तेहथुमवाट ताप्लेजुङ छिर्ने सडक नाकाहरु, ताप्लेजुङ भित्र यातायात बन्द, उद्योग, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु वन्द साथै फुङलिङ नगरपालिकाका जनप्रतिनिधिहरुको जिल्ला बाहिर आवत जावतमा निषेध गर्ने जस्ता कार्यहरुको नगरपालिकाले घोर भत्सर्ना गरेको छ ।


विज्ञप्तीमा बन्द र हड्तालले बालवालिका, बृद्ध, अशक्त, सम्पुर्ण तिर्थालुहरुलाई समेत असर पर्ने र झडप हुँदा नेपालीहरुकै क्षति हुने हुँदा फुङलिङ नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएकोले वार्ता र संवादद्धारा समस्याको समाधानमा लाग्न आन्दोलनरत पक्षलाई आह्वान गरिएको छ ।

हेर्नुस प्रेस विज्ञप्ती :

ताप्लेजुङ जिल्लामा रहेको पवित्र तिर्थस्थल पाथीभरा क्षेत्रमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरुबाट स्वीकृती लिई ताप्लेजुङ जिल्लाको समग्र आर्थिक, सामाजिक विकास गर्न, पर्यटन प्रवद्र्धन गर्न र अशक्त, अपाङ्ग, बृद्ध, वालवालिका लगायत सबै व्यक्तिहरुलाई पाथीभरा मन्दिरसम्म सहज ढंगले पुग्न पाथीभरा मुकुम्लुङ केवलकार प्रा.लि.ले पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माण कार्य सुरु गरेको अवस्थामा “नो केवलकार समुह” ले विभिन्न माग राखि विरोधका गतिविधि गर्ने क्रममा मिति २०८१।१०।१२ गते फु.न.पा. ११ को वलुडाँडामा सुरक्षा निकाय र नो केवलकार समुहबिच झडप हुदाँ सुरक्षा निकाय र विरोधि पक्षका केही व्यक्तिहरु घाईते भई विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचार गराइरहेका घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।
ताप्लेजुङ जिल्लाको धार्मिक तथा पर्यटकिय स्थल पाथीभराको महिमा र महत्वको प्रचार प्रसार गर्दै समग्र ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक विकाससँग जोडिएको पाथीभरा मुकुम्लुङ केवलकार निर्माणमा सवै पक्षको सहयोगको अपेक्षा गर्दै नो केवलकार समुहद्धारा आवाह्नान गरेको अनिश्चितकालिन मेची राजमार्ज, तमोर करिडोर र तेहथुमवाट ताप्लेजुङ छिर्ने सडक नाकाहरु, ताप्लेजुङ भित्र यातायात बन्द, उद्योग, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु वन्द साथै फुङलिङ नगरपालिकाका जनप्रतिनिधिहरुको जिल्ला बाहिर आवत जावतमा निषेध गर्ने जस्ता कार्यहरुको घोर भत्सर्ना गर्दै यस्ता बन्द हड्तालले बालवालिका, बृद्ध, अशक्त, सम्पुर्ण तिर्थालुहरुलाई समेत असर पर्ने र झडप हुँदा नेपालीहरुकै क्षति हुने हुदा फुङलिङ नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको हुदा यस नगरपालिकाको मिति २०८१ भाद्र २१ गते ४५ औं कार्यपालिका बैठकको निर्णय अनुसार फुङलिङ नगरपालिका क्षेत्र भित्र तथा अन्य जिल्लाहरुवाट ताप्लेजुङसम्म आउने यातायतका साधनहरु एवं फुङलिङ नगरपालिका भित्र सञ्चालित उद्योग, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु कुनै पनि राजनैतिक दल, संघ संस्था वा समुहले अवरोध तथा वन्द, हडताल गर्न गराउन नपाउने निर्णय समेत भएको हुँदा सोहि बमोजिम आज मिति २०८१।१०।१५ गते बसेको ५४ औं कार्यापालिकाको बैठकले समेत बन्द हडताल मात्र समस्याको समाधान नहुने भनि निर्णय गरेकोले सवै पक्षहरु विच आपसी छलफल, वार्ता, सम्वाद र समन्वयका आधारमा सवैको स्वामित्व र अपनत्व कायम गर्दै पुनः यातायात, उद्योग, व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्था लगायत शैक्षिक संस्थाहरु वन्द हडताल नगरी समवन्धित पक्षहरुमा थप क्षति हुनवाट बच्न सहमतीका लागि वार्ताद्धारा समस्याका समाधान गर्न नगरपालिकाका तर्फवाट अनुरोध गर्दै केवलकार निर्माण कार्य अगाडी वढाउन सहयोग गर्नु हुन सम्वन्धित पक्षहरु विच हार्दिक अनुरोध गर्दछौ ।

प्रकाशित मिति : १५ माघ २०८१, मंगलवार १७:५४

पाथीभरा केबलकार निर्माण पक्षले स्थानीयलाई सेयर, सहुलियत र रोजगारी दिनुपर्छःयोगेश भट्टराई

ताप्लेजुङ । नेकपा (एमाले) का सचिवसमेत रहेका प्रतिनिधि सभा सांसद

केबलकार विवाद : विरोधीसँग वार्ता र घाइतेको उपचार गर्ने, विकास निर्माणको काम अघि बढाउने

काठमाडौं। गृहमन्त्री रमेश लेखकले पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा भइरहेको

मैवाखोलामा दौँतरी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न

रेडियो काबेलीताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिकामा दौँतरी शिक्षा अभिमुखिकरण कार्यक्रम

पाथीभरा आएका भक्तजनलाई काफ्लेपाटीबाट प्रहरीले स्कटिङ गरेर सदरमुकाम ल्यायो

ताप्लेजुङ । पाथीभरा (मुकुम्लुङ) दर्शनका लागि आएका भक्तजनलाई प्रहरीले स्कटिङ

केबलकार विवाद : वार्ता र संवादद्धारा समस्याको समाधान गर्न नगर प्रमुख मादेनको आह्वान

रेडियो काबेलीताप्लेजुङ । फुङलिङ नगरपालिकाले केबलकारको विषयलाई लिएर आन्दोलनरत पक्षलाई