पाथीभरा केबलकार बिबाद: ताप्लेजुङका तीा सांसदलाई छलफल गर्न गृहमन्त्रीले बोलाए



काठमाडौं । पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रको केबलकार निर्माण विरोधमा पहिचान पक्षधर र नो केबलकार पक्षधरले गरेको अनिश्चितकालिन यातायात बन्दका कारण ताप्लेजुङमा यातायात ठप्प बनेको छ।

बन्दका कारण मंगलबार बिहानदेखि मेची राजमार्ग र ताप्लेजुङ, पाँचथर, इलाम लगायत तमोर करिडोर र तेह्रथुमका सबै यातायात सेवा ठप्प भएका छन्। सुरक्षा कर्मी र आन्दोलनकर्मीको उपस्थिती विभिन्न स्थानमा देखिएको छ।

केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्न र पक्राउ परेका आन्दोलनकर्मीको बिनासर्त रिहाइको माग गर्दै अनिश्चितकालिन बन्द आह्वान गरिएको हो।आन्दोलनकारीले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले सार्वजनिक माफी माग्नुपर्ने पनि माग गरेका छन्।

शनिबार, पाथीभरा क्षेत्रको बालुडाँडामा प्रहरीको गोली लागेर नो केबलकार समूहका तीन जना गम्भीर घाइते भएका थिए। गोली चलाइएकाले शान्तिपूर्ण प्रदर्शन गर्ने समूहले अनिश्चितकालिन बन्दको आह्वान गर्न बाध्य भएको संघर्षरत पक्षले जनाएको छ ।

यसैबीच विवाद बढ्दै गएपछि गृहमन्त्री लेखकले ताप्लेजुङबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने तीन सांसदलाई छलफलका लागि बोलाउनुभएको छ । गृहमन्त्री रमेश लेखकले मंगलबार साँझ ५ बजे ताप्लेजुङका तीन जना सांसदलाई गृह मन्त्रालय बोलाउनुभएको हो । ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका हो।

भट्टराई नेकपा एमालेका सचिव तथा त्यहाँका प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ भने बोखिम र थेवे समानुपातिक सांसद हुनुहुन्छ। गृहमन्त्री लेखकले ताप्लेजुङका तीन सांसदसहित पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई पनि बोलाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : 12:45 pm

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ