आज देखि अनिश्चितकालका लागि ताप्लेजुङ भित्रिने सबै यातायात बन्द 



ताप्लेजुङ । आजदेखि ताप्लेजुङ प्रवेश गर्ने सबै यातायात अनिश्चितकालका लागि बन्द भएको छ । पाथीभरा क्षेत्र ९मुकुम्लुङ०मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले आजदेखि अनिश्चितकालीन यातायात बन्द गरेको हो । 

यो सँगै मेची राजमार्ग, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने नाकाहरू ठप्प भएका छन् । मुकुम्लुङ संरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमका अनुसार केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्धाहरूको बिनासर्त रिहाई, झुटा मुद्दाहरू लगाउन बन्द गर्नुपर्ने माग गरिएर बन्दको आह्वान गरिएको हो । 

यस्तै मुकुम्लु प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा शसस्त्र प्रहरी प्रमुखले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग पनि गरिएको छ । शनिबार भएको गोली प्रहारको घटनाले आन्दोलन नयाँ चरणमा प्रवेश गरेको सङ्घर्षरत पक्षले बताएका छन् । 

शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएको समुहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको सङ्घर्षरत पक्षको भनाई छ । यस्तै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, लगायतका ग्लोबल आइ।एम।ई बैँक बन्द गर्नुपर्ने माग राखिएको छ । 

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र निर्माण व्यवसायी रुद्र पौडेललाई जिल्ला प्रवेशमा  रोक लगाउने, फुङलिङ नगर प्रमुख अमिर मादेनलाई जिल्ला बाहिर निषेध गर्ने, राज्य आतङ्क, प्रहरी दमन र केबलकार निर्माण खारेजी लगायतका विषयमा कोणसभा गरिने पनि उनीहरूको भनाई छ ।

 शनिबार ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा कम्तीमा २४ जना घाइते भएका थिए । घाइतेहरूमा २० जना प्रहरी र चारजना केबलकारको विरोधमा उत्रिएकाहरु छन् । जसमध्ये केहीलाई गोलीसमेत लागेको छ । 

प्रकाशित मिति : 7:00 am

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ