आज देखि अनिश्चितकालका लागि ताप्लेजुङ भित्रिने सबै यातायात बन्द 



ताप्लेजुङ । आजदेखि ताप्लेजुङ प्रवेश गर्ने सबै यातायात अनिश्चितकालका लागि बन्द भएको छ । पाथीभरा क्षेत्र ९मुकुम्लुङ०मा केबलकार निर्माणको विरोध गर्दै आएको पहिचान पक्षधर तथा नो केबलकार पक्षधरले आजदेखि अनिश्चितकालीन यातायात बन्द गरेको हो । 

यो सँगै मेची राजमार्ग, तमोर करिडोर, साथै तेह्रथुमबाट ताप्लेजुङ प्रवेश गर्ने नाकाहरू ठप्प भएका छन् । मुकुम्लुङ संरक्षण संयुक्त समितिका संयोजक श्री लिखिमका अनुसार केबलकार निर्माण खारेज गर्न, सैन्यकरण फिर्ता गर्नुपर्ने नियन्त्रणमा लिइएको योद्धाहरूको बिनासर्त रिहाई, झुटा मुद्दाहरू लगाउन बन्द गर्नुपर्ने माग गरिएर बन्दको आह्वान गरिएको हो । 

यस्तै मुकुम्लु प्रेमीहरूलाई गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी तथा शसस्त्र प्रहरी प्रमुखले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग पनि गरिएको छ । शनिबार भएको गोली प्रहारको घटनाले आन्दोलन नयाँ चरणमा प्रवेश गरेको सङ्घर्षरत पक्षले बताएका छन् । 

शान्तिपूर्ण प्रर्दशनका लागि भेला भएको समुहमा गोली चलाइएकाले अनिश्चितकालीन बन्द आह्वान गर्न बाध्य भएको सङ्घर्षरत पक्षको भनाई छ । यस्तै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, लगायतका ग्लोबल आइ।एम।ई बैँक बन्द गर्नुपर्ने माग राखिएको छ । 

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल र निर्माण व्यवसायी रुद्र पौडेललाई जिल्ला प्रवेशमा  रोक लगाउने, फुङलिङ नगर प्रमुख अमिर मादेनलाई जिल्ला बाहिर निषेध गर्ने, राज्य आतङ्क, प्रहरी दमन र केबलकार निर्माण खारेजी लगायतका विषयमा कोणसभा गरिने पनि उनीहरूको भनाई छ ।

 शनिबार ताप्लेजुङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप हुँदा कम्तीमा २४ जना घाइते भएका थिए । घाइतेहरूमा २० जना प्रहरी र चारजना केबलकारको विरोधमा उत्रिएकाहरु छन् । जसमध्ये केहीलाई गोलीसमेत लागेको छ । 

प्रकाशित मिति : 7:00 am

दोस्रो साङ्धुङ्गे माङ्गेना कप मंसिर १३ गतेदेखी हुने

रेडियो काबेलीताप्लेजुङ । दोस्रो साङ्धुङ्गे माङ्गेना कप–२०८२ मंसिर १३ गतेदेखी

एनपिएलमा आज सुदूरपश्चिम रोयल्स र काठमाडौं गोर्खाज भिड्दै

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ

ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा ४ घर जलेर नष्ट

ताप्लेजुङ, मंसिर ३ गते । ताप्लेजुङमा आगलागी हुँदा ४ घर

फुङलिङ नगरपालिकाले दियो  स्थानीय बिदा

ताप्लेजुङ, मंसिर १ गते । फुङलिङ नगरपालिकाले आज स्थानीय बिदा