केबलकार खारेजी पक्षद्वारा प्रहरी माथि आक्रमण, अवस्था नियन्त्रणमा लिन फायरिङ्



रेडियो काबेली 
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) मा केबलकार निर्माण विरुद्ध शनिबार केबलकार खारेजी पक्षले प्रहरी माथि आक्रमण  गरेको छ । फुङलिङ न.पा. ११ बल्लुडाँडा स्थित रहेका ३/४ वटा घरमा पहिचानवादीहरुले घरेलु हतियार लुकै  छिपाई राखेको छ भन्ने सूचना प्राप्त भएपछि प्रहरीको टोली बुझ्न जाने क्रममा एक्कासि प्रहरी टोली माथि ढुङ्गा मुढा गरी आक्रमण गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । 

उहाँका अनुसार केबलकार खारेजी पक्षले गरेको आक्रमणमा जनपद प्रहरी जवान अनुज वि.क.को खुट्टामा चोट र सशस्त्र प्रहरी सहायक निरीक्षक समदेव यादवको टाउकोमा, सशस्त्र प्रहरी जवान संजिव बस्नेतको कानमा चोट लागी घाइते भएको र अवस्था सबैको समान्य रहेको छ । सम्झाई बुझाई गर्दा समेत नमाने पछि प्रहरीबाट ५ सेल र सशस्त्र प्रहरीबाट ५ सेल अश्रुग्यास र २ ग्यास ग्रिनेट फायर गरिएको छ भने तत्कालको अवस्था समान्य रहेको प्रहरी नायव उपरीक्षक रावलले बताउनुभयो । 

घरेलु हतियार खुकुरी तीनवटा र गुलेली बरामद गरिएको प्रहरीको भनाई छ । त्यस्तै प्रहरीको फायरीङबाट विशाल श्रेङलाई घाईते भएको आन्दोलनरत पक्षले जनाएको छ ।

गत माघ ८ गतेबाट केबलकार निर्माणको सुरक्षार्थ खटिने सशस्त्र प्रहरीको लागि काफ्लेपाटीमा सुरक्षा बेस निर्माण कार्य सुरु गरिएको थियो । त्यस पश्चात माघ १० गते किराँत याक्थुङ चुम्लुङ, आदिवासी जनजाति महासङ्घ, प्रदेश नं. १ पुन नामाङ्कन अभियान समिति, किराँत राई यायोक्खा,  नेपाल शेर्पा सङ्घ, पहिचानवादी मोर्चा, नेपाल जनमुक्ति पार्टी, सङ्घीय लोकतान्त्रीक राष्ट्रिय मञ्च, जसपा नेपाल प्रदेश नं. १, जसपा किराँत राष्ट्रिय समिति, राष्ट्रिय आदिवासी महिला सङ्घ र नागरिक उन्मुक्ति पार्टीले संयुक्त विज्ञप्ति निकाल्दै मुन्धुमि स्थलमा केबलकार निर्माण तत्काल खारेज गरि सैन्यकरण बन्द गर्न आग्रह गरेका थिए । 

उक्त कार्य नगरेमा आमहड्ताल सहितका सङ्घर्ष र आन्दोलनका कार्यक्रम गर्ने र उक्त  आन्दोलनको सम्पूर्ण क्षतिको जिम्मा केबलकार निर्माण पक्ष र सरकारले लिनुपर्ने जनाएको थियो । जिल्लामा केबलकार निर्माण गरे जिल्लावासीलाई फाइदा हुने निर्माण पक्षले बताउँदै निर्माण कार्य अघि बढाई रहेको छ भने केबलकार खारेजी पक्षले मुन्धुमी स्थलमा केबलकार निर्माण गर्नु हुँदैन भन्दै आन्दोलन गर्दै आएका छन् ।
 

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार १८:०८

ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी तालिम सुरु

ताप्लेजुङ । ताप्लेजुङमा ठोस फोहोर ब्यबस्थापन र वातावरणीय सरसफाई सम्बन्धी

ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका

ताप्लेजुङमा बजार अनुगमन तिव्रता

ताप्लेजुङ । ताप्लेजुङमा बजार अनुगमनलाई तिव्रता दिइएको छ । मापदण्ड

रिडद्धारा विद्यालय, शिक्षक र व्यवस्थापन समिति पुरस्कृत

ताप्लेजुङ । ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले

धान दिवसमा रोपाइ

ताप्लेजुङ । ताप्लेजुङको बहानन्दे कञ्चनजङ्घा कृषि फर्ममा धान दिवस मनाइएको