मैवाखोलामा माघ २७ देखि ताप्लेजुङको अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै 



ताप्लेजुङ ।  ताप्लेजुङको अन्तरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी माघ २७ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति ताप्लेजुङले शनिबार आज पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ २७ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्नेबारे जानकारी गराएको हो । 

मैवाखोला गाउँपालिकाको संयोजनमा पालिकाको केन्द्र साँघुस्थित नारायणी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गर्ने तयारी भइरहेको समितिले जनाएको छ । पालिका अध्यक्ष विजय प्रकाश वनेम र खेलकुद समितिका अध्यक्ष गणेश माबोको उपस्थितिमा भएको सम्मेलनमा मापदण्ड विपरित खेलाडीलाई प्रतियोगितामा सहभागी नगराउन पनि आग्रह गरिएको थियो ।  
 
९ ओटा स्थानीय तह रहेको जिल्लाका सबै पालिकाले पालिका स्तरीय प्रतियोगिताबाट खेलाडी छनोट गरिसकेका छन् । कोशी प्रदेशको जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराउनका लागि यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरिने बताइएको छ । ४ दिनसम्म जारी रहने प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २०  लाख रुपैयाँ लागत लाग्ने समितिको अनुमान रहेको छ । 

जिल्लामा ६६ स्वर्ण, ६६ रजत र ७० काश्य पदकका लागि प्रतिष्पर्धा हुनेछ । राष्ट्रपति रनिङ शिल्ड सम्बन्धित पालिकाको समन्वयमा फरक–फरक पालिका सञ्चालन हुँदै आइरहेको छ ।

प्रकाशित मिति : 11:31 am

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी सङ्कलन

ताप्लेजुङ, फागुन ३० गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ)

समाजसेवी गुरुङ दम्पतीद्वारा एक लाख बढि रकम अक्षयकोषमा जम्मा

ताप्लेजुङ, चैत्र १ गते । समाजसेवी दम्पतीले विपन्न तथा असहाय

आठराई त्रिवेणीले अनुदानमा कृषि कार्यक्रम सञ्चालन गर्ने

ताप्लेजुङ, चैत २ गते । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले अनुदानमा

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ