मैवाखोलामा माघ २७ देखि ताप्लेजुङको अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै 



ताप्लेजुङ ।  ताप्लेजुङको अन्तरपालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी माघ २७ गतेदेखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति ताप्लेजुङले शनिबार आज पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी माघ २७ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्नेबारे जानकारी गराएको हो । 

मैवाखोला गाउँपालिकाको संयोजनमा पालिकाको केन्द्र साँघुस्थित नारायणी माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन गर्ने तयारी भइरहेको समितिले जनाएको छ । पालिका अध्यक्ष विजय प्रकाश वनेम र खेलकुद समितिका अध्यक्ष गणेश माबोको उपस्थितिमा भएको सम्मेलनमा मापदण्ड विपरित खेलाडीलाई प्रतियोगितामा सहभागी नगराउन पनि आग्रह गरिएको थियो ।  
 
९ ओटा स्थानीय तह रहेको जिल्लाका सबै पालिकाले पालिका स्तरीय प्रतियोगिताबाट खेलाडी छनोट गरिसकेका छन् । कोशी प्रदेशको जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराउनका लागि यस प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरिने बताइएको छ । ४ दिनसम्म जारी रहने प्रतियोगिता सम्पन्न गर्नका लागि करिब २०  लाख रुपैयाँ लागत लाग्ने समितिको अनुमान रहेको छ । 

जिल्लामा ६६ स्वर्ण, ६६ रजत र ७० काश्य पदकका लागि प्रतिष्पर्धा हुनेछ । राष्ट्रपति रनिङ शिल्ड सम्बन्धित पालिकाको समन्वयमा फरक–फरक पालिका सञ्चालन हुँदै आइरहेको छ ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार ११:३१

पेट्रोलियम पदार्थको भाउ यथावत

ताप्लेजुङ, भदौ ३१ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ

खनाल, घिसिङ र अर्याल मन्त्री बन्दै

ताप्लेजुङ, भदौ ३० गते । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा

फुङ्लिङ नगरपालिकाद्वारा जेनजी आन्दोलनका नाममा गरिएको लुटपाटको सामान फिर्ता गर्न माग

सौगात विष्ट ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले

पर्यटकको रोजाइमा तिम्बुङ पोखरी

ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङको तिम्बुङ पोखरी पर्यटकको रोजाइ

ताप्लेजुङमा हट्यो निषेधाज्ञा र कर्फ्यु

ताप्लेजुङ, भदौ २९ गते । ताप्लेजुङमा पछिल्लो चार दिनदेखि लगातार