मेरिङदेनको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि खाम्लुङलाई




ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको रनिङ शिल्ड पृथ्वी मावि खाम्लुङले हात पारेको छ । ८ स्वर्ण, ११ रजत ४ काश्य सहित २३ पदकका साथ पृथ्वी माविले रनिङ शिल्ड हात पारेको हो । 

मेरिङदेन गाउँपालिकाका सूचना प्रविधि अधिकृत जीतेन लिम्बूका अनुसार दोस्रो पान्दोलुङ मावि नाल्बु भएको छ । पान्दोलुङले ७ स्वर्ण र ८ काश्य सहित १५ पदक हात पारेको छ । यस्तै तेस्रो भएको लक्ष्मी मावि लिङतेप ४ स्वर्ण, ७ रजत र ७ काश्य सहित १८ पदक हात परेको छ । 

सूर्यदेवि मावि सान्थाक्रा ४ स्वर्ण, ७ रजत र ४ काश्य सहित १५ पदकका साथ चौथो भएको छ भने, ४ स्वर्ण , १ रजत र १ काश्य गरी ६ पदक प्राप्त गरेको सिंहकाली मावि थिङलाबुले पाँचौँ स्थानमा प्राप्त गरेको छ । ३ स्वर्ण, १ रजत र ७ काश्य सहित ११ पदकका साथ सुर्के मावि थुकिमा छैटौँ हुँदा त्रिभुवन मावि थुकिमाले ३ रजत पदक मात्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । 

यो सँगै पालिकाले प्रतियोगितामा स्वर्ण पदक विजेता पालिकाका प्रत्येक खेलाडीहरूलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । पालिका अध्यक्ष युकहाङ वीर (डम्बर) हाङगामका अनुसार पदक विजेता हरेक खेलाडीलाई पालिकाले सम्मान गर्ने भएको हो । 

 प्रतियोगिताको समापन कार्यक्रममा मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फे, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादव, शिक्षा अधिकृत हरिबहादुर कुँवर सहितको उपस्थिति रहेको थियो । प्रतियोगिता मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङतेपका वडाध्यक्ष बेदप्रसाद हाङगामको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रकाशित मिति : 6:51 am

नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

ताप्लेजुङ, साउन १० गते । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर

कफी खेती विस्तारका लागि मैवाखोलामा निःशुल्क बिरुवा वितरण

ताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफी खेती

मेची राजमार्गको सडक सीमा पुनरावलोकन गर्न अनुरोध

ताप्लेजु, साउन ९ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले मेची राजमार्गअन्तर्गत

ताप्लेजुङको लिटल बुद्ध आवासीय माध्यमिक विद्यालयद्वारा फेरि भेटौँला कार्यक्रम सम्पन्न

सौगात विष्ट ताप्लेजुङ, साउन ७ गते । ताप्लेजुङको लिटल बुद्ध

दुर्गादल गुल्मका गुल्मपति उमेश खड्काको सरुवा

ताप्लेजुङ, साउन ६ गते । ताप्लेजुङका दुर्गादल गुल्मका गुल्मपति उमेश