मेरिङदेनको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पृथ्वी मावि खाम्लुङलाई




ताप्लेजुङ । मेरिङदेन गाउँपालिकाको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको रनिङ शिल्ड पृथ्वी मावि खाम्लुङले हात पारेको छ । ८ स्वर्ण, ११ रजत ४ काश्य सहित २३ पदकका साथ पृथ्वी माविले रनिङ शिल्ड हात पारेको हो । 

मेरिङदेन गाउँपालिकाका सूचना प्रविधि अधिकृत जीतेन लिम्बूका अनुसार दोस्रो पान्दोलुङ मावि नाल्बु भएको छ । पान्दोलुङले ७ स्वर्ण र ८ काश्य सहित १५ पदक हात पारेको छ । यस्तै तेस्रो भएको लक्ष्मी मावि लिङतेप ४ स्वर्ण, ७ रजत र ७ काश्य सहित १८ पदक हात परेको छ । 

सूर्यदेवि मावि सान्थाक्रा ४ स्वर्ण, ७ रजत र ४ काश्य सहित १५ पदकका साथ चौथो भएको छ भने, ४ स्वर्ण , १ रजत र १ काश्य गरी ६ पदक प्राप्त गरेको सिंहकाली मावि थिङलाबुले पाँचौँ स्थानमा प्राप्त गरेको छ । ३ स्वर्ण, १ रजत र ७ काश्य सहित ११ पदकका साथ सुर्के मावि थुकिमा छैटौँ हुँदा त्रिभुवन मावि थुकिमाले ३ रजत पदक मात्र प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । 

यो सँगै पालिकाले प्रतियोगितामा स्वर्ण पदक विजेता पालिकाका प्रत्येक खेलाडीहरूलाई नगद ५ हजार रुपैयाँसहित सम्मान गर्ने भएको छ । पालिका अध्यक्ष युकहाङ वीर (डम्बर) हाङगामका अनुसार पदक विजेता हरेक खेलाडीलाई पालिकाले सम्मान गर्ने भएको हो । 

 प्रतियोगिताको समापन कार्यक्रममा मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बुका वडाध्यक्ष मनोजकुमार तुम्बाहाम्फे, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादव, शिक्षा अधिकृत हरिबहादुर कुँवर सहितको उपस्थिति रहेको थियो । प्रतियोगिता मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङतेपका वडाध्यक्ष बेदप्रसाद हाङगामको अध्यक्षतामा सम्पन्न भएको हो । 

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ०६:५१

ताप्लेजुङमा एकजनामा डेङ्गु संक्रमण

रेडियो काबेलीताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा एकजनामा डेंगु संक्रमण देखिएको

पाथिभरा बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यमा नाल्बो मनोनित 

सौगात विष्ट ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको एक मात्र स्नातकोत्तर सञ्चालन रहेको

ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसको नामले अधिकार पायो 

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र स्नातकोत्तर सञ्चालन हुने पाथिभरा बहुमुखी

ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लबमा दुई विदेशी खेलाडी

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लब

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान