माघ १४ गतेदेखि लिवाङमा पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने



ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिवाङमा यही माघ १४ गतेदेखि पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने भएको छ । मुन्धुङ्गे संरक्षण तथा हाटबजार व्यवस्थापन विकास मञ्चको आयोजनामा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेभएको हो ।

भलिबल प्रतियोगिता सँगै डोरी तान्ने र छेलो हान्ने प्रतियोगितासमेत सञ्चालन हुने आयोजकले बताएको छ । यस्तै माघ १७ गते विविध सांस्कृतिक कार्यक्रमसहित प्रतियोगितात्मक नृत्य पनि आयोजना गरिने आयोजकका अध्यक्ष भिरेन लिम्बूले जानकारी दिनुभयो ।

माघ १५ गतेदेखि हुने भलिबल प्रतियोगिताको प्रथम पुरस्कार तीन वर्षे रनिङ कप, मेडल र प्रमाणपत्र सहित नगद १ लाख ३१ हजार रुपैयाँ रहेको छ भने द्धित्तिय पुरस्कार कप, मेडल, प्रमाणपत्रसहित नगद ८१ हजार रुपैँया रहेको छ । यस्तै तृतिय हुने टिमलाई मेडल, प्रमाणपत्र सहित नगद ३१ हजार रुपैयाँ प्रदान गरिने खेल संयोजक राजन कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि इन्ट्रि शुल्क ६ हजार रुपैयाँ तोकिएको छ भने इन्ट्रि माघ १४ गते बेलुका ५ बजेसम्म खुला रहनेछ । माघ १७ गते भने विविध सांस्कृतिक कार्यक्रमसहित प्रतियोगितात्मक नृत्य पनि आयोजना गरिने आयोजकका सचिव सुवास लिम्बुले बताउनुभयो । खेलकुदको विकास सँगै पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले आयोजित प्रतियोगिताका लागि आवश्यक तयारी भईरहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १९:४२

एक महिनामा पाथीभरामा चढाइएको २९ लाख बढी भेटी गणना 

ताप्लेजुङ । प्रसिद्ध धार्मिक स्थल पाथीभरामा चढाइएको २९ लाख बढी

रेडियो तमोरकर्मी बिक्रम लामगादेद्धारा जन्मदिनको अवसरमा बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

ताप्लेजुङ । रेडियो तमोरकर्मी बिक्रम लामगादेले आफ्नो जन्मदिनको अवसरमा बिद्यार्थीलाई

माघ १४ गतेदेखि लिवाङमा पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३, लिवाङमा यही माघ १४ गतेदेखि

ताप्लेजुङमा ताक्वाचङ या–राक्मा तेनको उद्धघाटन

ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू जातिको संस्कृति झल्कने धान नाच

परिवर्तनका सम्वाहकहरुलाई मार्मिक पत्र

वीरेन्द्र श्रेष्ठताप्लेजुङ । परिवर्तनका अग्रदूत तमाम नेपाल सपुतहरुमा,प्रसिद्ध तिर्थस्थल पाथीभरा