वीरेन्द्र श्रेष्ठ
ताप्लेजुङ । परिवर्तनका अग्रदूत तमाम नेपाल सपुतहरुमा,
प्रसिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको काख ताप्लेजुङ बाट न्यानो अभिवादन ।।
समाज परिवर्तनको युगमा हामी, मुलुकका सच्चा सम्वाहक, अझै कसरी मौन बस्ने ? देशको अस्मिता, स्वतन्त्रता र भविष्य हाम्रै हातमा छैन र ? आज हाम्रो जन्मभुमी आन्तरिक र बाह्य चुनौतीहरुबाट घेरिएको छैन र? भ्रष्टाचार, अन्याय र कुशासनबाट मुक्त गराउन हामी सबै एकजुट हुनैपर्ने अवस्था हैन र ? देशको वर्तमान अवस्था, पुरानादलहरूको चलखेल, र नयाँ नेतृत्वप्रति जनताको आशा– सबै कुराले मेरो मन भरिएको छ । यही कारणले भरोसाकासाथ आम नेपाल सपुतहरुलाई यो अपिल गर्दैछु जागौं अव ।
नेपाल अहिले यस्तो मोडमा छ, जहाँ शासक र समाजका टाठाबाठाहरुले बेथिति, कुशासन, भ्रष्टाचार र लुटको भारी भोको पेटका निरीह नागरिकहरुलाई बोकाइरहेका छन्। थाकेकाछन् झुटा आश्वासन सुन्दै, थाकेका छन् भ्रष्टाचारको दलदलमा डुब्दै, र थाकेका छन् असक्षम नेतृत्वका कारण सम्भावनाको उज्यालो क्षितिज देख्न नसक्दै । २०७९ सालको निर्वाचनमा केहि आसलाग्दा स्वतन्त्र मेयरहरु र राष्ट्रिय स्वतन्त्रपार्टीको उदयले नयाँयुगको संकेत दियो। रविलामिछानेको नेतृत्वमा आएको यो पार्टीले ११ लाखभन्दाबढी समानुपातिक मत हासिलगर्दै २० सिटजितेको थियो। यो पार्टीले आम जनताको मन जित्दै गर्दा पुरानादलहरूले यसलाई रोक्न सबै प्रकारका उपाय अपनाउन थाले ।
रविलामिछानेमाथि सहकारी काण्डमा निकै लामो समय देखि छानविन भयो कहिकतै केहि पाएनन् । संसद नै अवरुद्ध गराएर संसदिय छानविन समितिको माग भयो । तथापी कहिँकतै कैफियत नदेखे पश्चात सम्पति शुद्धिकरण लगायतका अनेकन मुद्दाहरु लगाएर राजनीतिक प्रतिसोध साँधिरहेकामात्र हैन जिल्लाजिल्ला पु¥याउने, रातबिरात अड्डासार गर्ने जस्ता मानवअधिकार बिपरित कार्य समेत गर्न गराउन राज्यलागिपरेको छ । एक उर्जावान ब्यक्ति राजनीतिको शिकार बनिरहेका छन्। असोज २ गते देखि आजसम्म बदनियतपूर्ण हिरासतमा राखिएकाछन् जसले तपाई हामी राष्ट्रभक्त लाखौं नागरिकलाई आक्रोशित बनाएको छ। दुई तिहाईको गठबन्धन सरकार, सहकारी पिडितहरुको समस्या सुल्झाउनको साटो एउटा ब्यक्तिमाथी सम्पूर्ण राज्य संयन्त्र परिचालन गरेर तमासा देखाईरहेको छ ।
यो एउटा संकेतमात्र हो। अब नयाँ र इमानदार अनुहारहरूमाथि पुरानादलहरूको आक्रमण झनै बढ्ने छ। जसरी रविलामिछानेलाई बदनाम गर्न खोजियो, त्यसैगरी अन्य युवा नेतृत्वलाई पनि राजनीति गर्ने वातावरणबाट अलग्याउने प्रयास हुँदैछ ।पुरानादलहरूमा पार्टीगत सिन्डिकेट छ जसको बलले आलोपालो मुलुकलाई डुबाउने काममा अग्रसर छन्। उनीहरूले मुलुकलुट्न आफ्नो भागबन्डा सुरक्षित गरिरहेका छन् । जसले उनीहरूको नीति र भ्रष्टाचारलाई चुनौती दिन्छ ? तिनिहरुलाई षड्यन्त्रमा फसाइन्छ ।
पछिल्लो समय देखिएको रवि लामिछानेविरुद्धको सुनियोजित खेल यसको प्रमाण हो । उहाँमाथिको आरोपहरू केवल उहाँको छवि ध्वस्त पार्न र उहाँप्रति जनताको विश्वास तोड्न गरिएको प्रयासमात्र सावित भए ।
फर्जि चेक, फर्जि मुद्दाको आडमा कोही जिम्मेवार नागरिकलाई यो सम्मको यातना दिने सरकार र यसका मतियारहरुले आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु पर्दैन र ?
आजको नेपाली समाज परिवर्तन चाहन्छ। उनीहरूले पुरानादलहरूको झूट, फट्याइँ, र भ्रष्टाचारबाट आजितभएर नयाँ नेतृत्वलाई भरोसा गरेका छन्। नया नेतृत्वहरु रवि लामिछाने, बालेन्द्र शाह, हर्क साम्पाङ, गोपि हमाल, डा. सिके राउत, डा. अम्रेश कुमार, दुर्गा प्रसाईं, ज्ञानेन्द्र शाही लगायतका — यी सबै पात्रहरू जनताको नयाँ आशा हुनुहुन्छ। तर यो विश्वास कायम राख्न नया शक्तिंहरूबीच एकताको आवश्यक्ता छ।
काठमाडौं महानगरमा बालेनंले सुरुवात गर्नुभएको परिवर्तनकारी कदमहरूलाई रोक्न अनेक अवरोध खडा गरिएकाछन्। बालेनको नेतृत्वमा सहरी विकास र सुशासनकालागि गरिएको प्रयासलाई कमजोर पार्न पुरानादलहरू लागिपरेका छन्। बालेन बिरुद्ध सुरुदेखि हालसम्मका सबै गतिबिधि आफै नियाल्नुहोला, उत्तर आफै पाउनुहुनेछ । श्रमपिता भनेर मानिएका धरानका हर्क साम्पाङमाथि पनि त्यही भइरहेको छ। धनगढीका गोपि हमाल र अन्य नयाँ नेताहरू माथि यसैगरी षड्यन्त्रको जाल बुनिँदैछ।
मुलुकमा रोजगारी र बिभिन्न अवसरहरु नभएकैकारण आफ्नो खुट्टामा उभिन चाहाने युवाहरु, जुनसुकै अप्ठ्यारा मोलेर भएपनि बिदेशिन बाध्य भैरहेका छन्। अभावको कारण र टाठाबाठाको चंगुलमा परि बिदेशिएका केहि बिरानो देशमा अलपत्र परेका थिए र अहिले पनि निरंतर यो क्रिया चलिरहेको छ । बिदेशमा फसेका नेपालीहरुलाई घर फर्काउन र बिभिन्न भ्रष्टचारको जालोलाई चिर्न संचार क्षेत्रमै “सिधाकुरा जनतासँग” नयाँ आयाम सुरु गरेका रबि लाई निसाना बनाई जब सालिकराम पुडासैनी काण्डमा धरपकड सहित रबि लामिछानेलाई फसाउन हिरासतमा लगियो, सारा देश सत्ताको खिलाफमा उर्लिएको थियो।
जब उनले राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर राजनीतिमा आए, रबि प्रति जनमत ह्वात्तै घटेको महशुस गरिन्छ। किनकी जब ब्यक्तिलाई राजनीतिको ट्याग लाग्छ, तव अन्य दलका मानिसहरु निस्कृय बस्न थालेको नजिर रबि लामिछानेकै केशबाट प्रष्ट देखिएको छ । तर के, राजनीति सङलो नभै मुलुक बन्न सक्छ ? सक्दैन भने, राजनीतिमा जान चाहनेको बिरोध किन गरिन्छ? हामीले साँचो अर्थमा यसको मनन् गर्न आवश्यक भैसकेको छ ।
साँचो मनले राजनीतिमा आएका युवाहरुलाई आम नागरिकले स्वागत गरेकै छन् तर केहि कुत्सित मनले राजनीति भित्रका रवि लामिछाने माथीको प्रहारले समग्र परिवर्तनका आषालाई झस्काएको छ। यो केवल रबिको मात्र मुद्दाहोइन, यो इमान्दार राजनीतिका सबै पात्रहरूकालागि चेतावनी समेत हो। तर, यसैको कारण हार मान्नु पर्ने अवस्था हुदैन। राजनीतिमा दृढता र इमान्दारीले मात्र यो देशको भविष्य उज्यालो बनाउन सक्छ।
के गर्नु आवश्यक छ?
१. पुराना दलहरूको विरुद्धमा नयाँशक्तिहरूबीच एकता अत्यावश्यक छ। व्यक्तिगत महत्वाकांक्षालाई छोडेर सामूहिक नेतृत्वको उदाहरण प्रस्तुत गर्न सबै शक्ति तैयार हुन जरुरी छ।
२. पूर्वको ताप्लेजुङ देखि लिम्पियाधुरा सम्मका जनताको मर्म बुझ्न जरुरी छ। उनीहरूको दुःख, सपना, र आशालाई राजनीतिक एजेन्डाको प्राथमिकतामा राख्नु पर्दछ। जनसंख्याको आधारमा छुट्याइएको बजेटले काठमाण्डौं भन्दा दुईगुणा भन्दा ठूलो क्षेत्रफल (८१० वर्ग किलोमिटर) भएका एउटा वडामा ५०,००,०००.०० पचास लाख जतिको बार्षिक बजेटले बिकासको भोक मेटाउन विबस छन्, हो यस्ता असमानता मिलाईनुछ।
३. भ्रष्टाचारले देशलाई खाडलमा पु¥याएको छ। यस विरुद्धको लडाइँमा कुनै सम्झौता गरिनुहुन्न। बिधिको शासननै छैन अहिले नेपालमा, यसलाई पूर्ण लागु गर्नुछ।
४. जनतालाई प्रत्यक्ष रूपमा निर्णय प्रक्रियामा सामेल गराउनुछ। उनीहरूलाई शिक्षित र सशक्त बनाउनुछ।
“समृद्ध नेपालकालागि नयाँ नेतृत्व”
रबि लामिछाने, डा. स्वर्णिम वाग्ले, ई. बालेन शाह, डा. सिके राउत, डा. अमरेश कुमार, गोपी हमाल, हर्क साम्पाङ, ज्ञानेन्द्र शाही जस्ता तमाम इमानदार र सक्षम नेताहरूमाथि मुलुकको भविष्य टाँसिएको छ। उहाँहरूको असफलताले पुरानादलहरूले फेरि आफूलाई बलियो बनाउने निस्चित छ। राजनीतिमा असफलता भनेको कार्यसम्पादन क्षमता मात्र हैन।
मुलुक चलाउन अहिले १३८ सिट (बहुमत) सांसदको खाँचो पर्छ यसको लागी अत्यन्तै ठूलो छाती भएको नेतृत्वको हामीलाई आवश्यक परेको छ । नागरिकको चाहनाअनुरुप मुलुक चलाउन दूईतिहाईको बहुमत चाहिन्छ, जसले संबिधानमा भएका त्रुटिहरु सच्याउने, दसकौं यताका सरकारका नादानीहरु कोट्याएर राजनीतिको आवरणमा रहेका कुख्यात भ्रष्ट, दलालहरुलाई जेल कोच्ने जस्ता कामहरु गर्नुछ ।
हाम्रो संस्कारले पनि होला? हरेक दलमा अपराध देखेरै भएपनि दोर्णाचार्य, कर्ण जस्ता निष्ठावान कार्यकर्ता रहिरहनु, निर्वाचनमा हुने अनेकन तिघ्डम, गठबन्धन्, राजनीतिलाई पेशा बनाएर लागेका लाखौं पुरानादलका कार्यकर्ताहरुको कारण कोहिकसैको एक्लो प्रयासले बहुमत ल्याउने अवस्था सृजना भैसकेको छैन अहिले नेपालमा। तर आउने निर्वाचनमा परिवर्तनका सम्बाहकहरुको कम्तीमा बहुमत आएन भने यसको दोस कसलाई दिने?
अन्तमा,हामी जो जता भएता पनि, हाम्रो गोल मुलुकको बिकास र नागरिकको समृद्धिनै हो। हामी सबै मिलेर नया शक्तिलाई एक ठाँउमा ल्याएर परिवर्तनको साझा नेतृत्वलाई साथदिन हामी सबै तयार रहनु पर्दछ। करोडौ आवाजबिहिन देशी, परदेशी नेपालीहरू परिवर्तनको दिन देख्न आतुर छन्, यो दिनको लागी प्रार्थना गरिरहेका छन्।
जसरि महाभारतको युद्ध सुरुहुन पूर्व युधिष्ठिरले कुनै नैतिक बन्धनमा परेकालाई सो बन्धनबाट मुक्त भै आफ्नो स्वभिमानले धर्मठानेको पक्षबाट युद्धलड्न आव्हान गरेका थिए यसैगरि मुलुक अघोषित धर्मयुद्धमा प्रवेश गरिसकेको छ । र उक्त अहंसमयमा दूर्योधनका भाई युयुत्सु पाण्डव पक्षमा सम्मिलित भएको कथा छ। यसैगरि स्वभिमानी ब्यक्तिले ३४ बर्षदेखि राज्य संचालनमा सम्मिलित पक्ष र नया दल मद्ये एकलाई खुलेर रोज्ने दिन आएको छ ।
आम मुलुकभक्त सपुतहरु यो पत्रलाई मनन गरेर नयाँ अठोटका साथ परिवर्तनलाई खुलेर साथ दिनुहुनेमा विश्वास राखेको छु। बिकसित, समृद्ध, उज्यालो नेपालका लागि हार्दिक आभार सहित धन्यवाद ।
लेखक ई श्रेष्ठ हाईड्रो ईन्जिनियरको रुपमा विगत लामो समय देखी कार्यरत हुनुहुन्छ । साथै उहाँ समाज परिवर्तनका निम्ति समसामयिक विषयवस्तु माथि लेख लेख्ने गर्नुहुन्छ ।
प्रतिक्रिया