सेसेलुङ महिला गोल्डकप : आज पहिलो सेमिफाइनलमा फुङलिङ र मैवाखोला भिड्दै 



ताप्लेजुङ, मंसिर १७ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज फुङलिङ नगरपालिका र मैवाखोलाको भिडन्त हुँदै छ । लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा) २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगिता अन्तरगत आज फुङलिङ नगरपालिका र मैवाखोला आमने सामने हुने भएको हो । 

सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा फक्ताङलुङ गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो  । यस्तै शनिबार भएको उद्‌घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । 

मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश छ । मङ्गलबार भएको खेलमा ७औँ मिनेटमा मेरिङदेन गाउँपालिकाका अनुष्का शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । 

यस्तै खेलको ३८औँ मिनेटमा मेरिङ्देनकै अनुष्काले फेरी दोस्रो गोल गर्दै टिमलाई दोब्बरमा पु¥याउनुभयो ।  खेलको ७०औं मिनेटमा सिदिङवा गाउँपालिकाका ईमा राईले गोल गर्दै टिमलाई १–२ गोल अन्तरमा पु¥याउनुभएको हो ।  

यो सँगै मेरिङदेन गाउँपालिकाले सेमिफाइनलमा पाथीभरा याङ्वरक गाउँपालिका सँग भेट पक्का गरेको छ । आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै पाथीभरा याङवरक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । 

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।

 

 

प्रकाशित मिति : 6:33 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ