सेसेलुङ महिला गोल्डकप : सिदिङवालाई पराजित गर्दै मेरिङदेन सेमिफाइनलमा प्रवेश 



ताप्लेजुङ, मंसिर १६ गते । मेरिङदेन गाउँपालिका ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  आज भएको अन्तिम क्वाटर फाइनल खेलमा सिदिङ्वा गाउँपालिकालाई २–१ गोल अन्तरले पराजित गर्दै मेरिङ्देन सेमिफाइनलमा प्रवेश गरेको हो । 

लिम्बूहरूको महान चाड चासोक तङ्नाम (न्वागी पुजा) २०८२ को अवसरमा सञ्चालन भएको प्रतियोगिता अन्तरगत आव भएको खेलको ७औँ मिनेटमा मेरिङदेन गाउँपालिकाका अनुष्का शेर्पाले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ३८औँ मिनेटमा मेरिङ्देनकै अनुष्काले फेरी दोस्रो गौल गर्दै टिमलाई दोब्बरमा पुर्‍याउनुभयो ।  खेलको ७०औं मिनेटमा सिदिङवा गाउँपालिकाका ईमा राईले गोल गर्दै टिमलाई १–२ गोल अन्तरमा पुर्‍याउनुभएको हो ।  

यो सँगै मेरिङदेन गाउँपालिकाले सेमिफाइनलमा पाथीभरा याङ्वरक गाउँपालिका सँग भेट पक्का गरेको छ । आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा आठराई त्रिवेणी गाउँपालिकालाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै पाथीभरा याङवरक गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । 

यस्तै सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा फक्ताङलुङ गाउँपालिकालाई ३–० गोल अन्तरले पराजित गर्दै फुङलिङ नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ४५ औँ मिनेटमा फुङलिङ नगरपालिकाकी सम्झना लावतीले आफ्नो टिमलाई पहिलो गोल गर्दै अग्रता दिलाउनुभयो । त्यस्तै नगरपालिकाको तर्फबाट नै ४९औँ मिनेटमा गोल गर्दै सुजता लिम्बूले अग्रतालाई दोब्बर बनाउनुभयो । त्यस्तै खेलको ५४ औँ मिनेटमा समीक्षा मगरले फुङलिङ नगरपालिकाको लागि तेस्रो गोल गर्नुभयो । 

यो सँगै फुङलिङ नगरपालिकाले सेमिफाइनलमा मैवाखोला गाउँपालिकासँग भेट पक्का गरेको छ । शनिबार भएको उद्‌घाटन खेलमा मैवाखोलाले सिरिजङ्घा गाउँपालिकालाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 

प्रतियोगिताको विजेताले ट्रफीसहित दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका कोषाध्यक्ष कुलदिप मादेनले बताउनुभयो । उहाँका अनुसार म्यान अफ द म्याच हुने खेलाडीलाई जनही पाँच हजार, विधागततर्फ उत्कृष्ट हुने सबै खेलाडीलाई जनही आठ हजार र सर्वोत्कृष्ट हुने खेलाडीलाई नगद १० हजार रुपियाँ पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

कञ्चनजङ्घा फुङलिङ क्लब र ङावरक सङजम्बो फुङलेङको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल मङ्सिर २० गते हुने छ ।

प्रकाशित मिति : 5:43 pm

प्रथम कुलकर्ण महिला फुटसलको उपाधि वीरेन्द्रलाई

ताप्लेजुङ, भदौ २८ गते । हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित

सिदिङवा गाउँपालिकालाई केन्जोको राजधानी दाबी गर्ने

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाको १९३ औँ

बेपत्ता भएको छ दिनपछि महिला मृत फेला

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निगुरादिनकी

अमिर राई सिदिङवाको पर्यटन दूत घोषित

ताप्लेजुङ, भदौ २७ गते । ताप्लेजुङको सिदिङवा गाउँपालिकाले पर्यटन व्यवसायी

तिम्बुङ पोखरी ट्रेल रनमा दुई पत्रकार पुरस्कृत

ताप्लेजुङ, भदौ २६ गते । तिम्बुङ पोखरी अन्तर्राष्ट्रिय ट्रेल रन