दोस्रो साङधुङगे माङ्गेना कप : आज चार खेल सम्पन्न 



ताप्लेजुङ, मंसिर १६ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित दोस्रो साङधुङगे माङ्गेना कप आज चार खेल भएको छ । लिम्बूहरूको महान चाड चासोक तङ्नामको अवसरमा सञ्चालन भएको वडा स्तरीय पुरुष फुटबल प्रतियोगितामा आज चार खेल भएको हो । 

आज पहिलो क्वाटर फाइनलखेलमा ढङगेसाँघु र तेह्रथुमबिच प्रतिस्पर्धा भएको थियो ।  जसमा ढुङ्गेसाँघुले तेह्रथुमलाई १–० गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा फुङलिङ नगरपालिका–१ लाई नाल्बूले १–० गोल अन्तरले पराजित गरेको छ ।

यस्तै तेस्रो खलमा आयोजकलाई २–० गोल अन्तरले पाराजित गर्दै खाम्लुङले जित निकालेको छ । आज नै भएको चौँथो यानकी अन्तीम खेलमा सान्थाक्रालाई २–१ गोल अन्तरले पराजित गर्दै नाल्बूले जित निकालेको खेल संयोजक घनेन्द्र लङ्वाले जानकारी दिनुभयो ।  

चासोक तङनाम थुकिमा मूल सञ्चालन समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने समितिका अध्यक्ष विशाल लङ्वाले बताउँनुभयो ।

उहाँका अनुसार खेल साथै विविध सांस्कृतिक कार्यक्रम पनि सञ्चालन हुने छ ।

प्रकाशित मिति : 7:16 pm

विज्ञान पढ्ने विद्यार्थीलाई पाथीभरा याङवरकले छात्रवृत्ति दिने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले गाउँपालिका

सिदिङ्वा गाउँपालिकाले एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्रका

फक्ताङ्लुङ गाउँपालिकाले माग्यो जलविद्युत् आयोजनासँग विवरण

ताप्लेजुङ, असोज १ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित

फक्ताङलुङले राहत कोषमा २६ लाख जम्मा गर्ने

ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्रधानमन्त्री दैवी

पाथीभरा याङ्वरकद्धारा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति

सौगात विष्ट ताप्लेजुङ, भदौ ३० गते । ताप्लेजुङको पाथीभरा याङ्वरक