पत्रकार महासङ्घ ताप्लेजुङको भवन उद्‌घाटन, पुस्तक विमोचन सँगै पद हस्तान्तरण 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङको भवन उद्‌घाटन, पुस्तक विमोचन, प्रमाण पत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका साथ नवनिर्मित भवनको उद्‌घाटन सँगै उक्त कार्यक्रमहरू सम्पन्न भएको हो । 

भवन उद्‌घाटन सँगै पत्रकार महासङ्घ ताप्लेजुङले प्रकाशन गरेको ताप्लेजुङ सञ्चार स्मारिका पुस्तको विमोचन भएको छ । यस्तै गन मंसिर २८ गते सम्पन्न भएको पत्रकार महासङ्घको निर्वाचनमा निर्वाचित भएका नयाँ कार्यसमितिलाई प्रमाण पत्र वितरण तथा पद हस्तान्तरण गरिएको छ । नव निर्वाचित अध्यक्ष सुवास आचार्यलाई निवर्तमान अध्यक्ष आनन्द गौतमले पद हस्तान्तरण गर्नुभएको हो ।

यस्तै उक्त निर्वाचनमा उपाध्यक्षमा सन्तोषकुमार सार्की, महिला उपाध्यक्ष संगिता कार्की, सचिव कृष्ण फुरुम्बो (लिम्बू), सहसचिवद्वय साहारा लङ्वा (लिम्बू) र मनमाया लिम्बू (मनु) चयन भएका थिए भने कोषाध्यक्षमा मदन गौतम सर्वसम्मत निर्वाचित भएका थिए । 

यस्तै सदस्यहरूमा सुनिता रसाइली, किरण वि।क। तरुण भारती, रञ्जना गुरुङ, दिलकुमार फेम्बू, तेन्जिङ शेर्पा, टीकामाया यक्सो र एलिना दियाली निर्वाचित भएका थिए । प्रदेश परिषद सदस्यमा दिनेश लिङखिम र सुर्य कुमार लिम्बू (आलोक) र केन्द्रीय परिषद सदस्यमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक (प्रयास) सर्वसम्मत निर्वाचित भएका थिए भने केन्द्रीय सदस्यमा माला पालुङ्वा भारी मतअन्तरले विजयी हुनुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, प्रतिनिधिसभा सदस्य द्वय लिला बोखिम र उर्मिला थेवे, फुङलिङ नगरपालिका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा, आठराई त्रिवेणी गाउपालिका अध्यक्ष दिपेन पोमु सहित विभिन्न सङ्घसंस्थाका प्रतिनिधि सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति : 9:46 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका