आइतबारदेखि मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चितकालीन यातायात बन्दको घोषणा



ताप्लेजुङ।  मुक्कुम्लुङ संयुक्त सङ्घर्ष समिति सहित मुक्कुम्लुङ संरक्षणमा संलग्न सङ्घसंस्थाहरूले आइतबारदेखि मेची राजमार्ग, तमोर करिडोर र ताप्लेजुङ भित्र अनिश्चित कालका लागि यातायात बन्द गर्ने घोषणा गरेका छन् । एक विज्ञप्ति जारी गर्दै उक्त संस्थाहरूले उक्त जानकारी गराएका हुन्।  

पौष  १७ गते पाथीभरा (मुकुम्लुङ) संरक्षणको लागि इलाम जिल्लाबाट गएका २६ जना मानिसहरूलाई तल्लो फेदीमा तैनाथ प्रहरीहरूले माथि जानबाट रोकेर फिर्ता पठाएको, तीनजनालाई गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा ल्याइएको भन्दै  उनीहरूको रिहाइको मागसहित विभिन्न माग राखेर बन्दको आह्वान गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिए छ । 

सरकारको अन्याय, ज्याजति र जातीय साम्प्रदायिक कार्यको विरोध गर्न केबलकार खारेज नभएसम्म ठूलो फेदीबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने उक्त विज्ञप्तिमा भनिएको छ । यस अघि उक्त संस्थाहरूले आफ्नो  माग पूरा गर्न २० गते आज सम्मको अल्टिमेटम दिएका थिए। 

प्रकाशित मिति : 9:03 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले