पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष पदका लागि ४ जनाले गरे उम्मेद्वारी दर्ता



ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन्। निर्वाचन समितिका संयोजक राम कुमार थापाका अनुसार तत्कालीन अध्यक्ष गजेन्द्र प्रसाद तुम्याहाङ, फुङलिङ नगरप्रमुख अमिर मादेन, तत्कालीन सदस्य शिला इजम (राई) र कुमार मादेनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

यस्तै शिक्षा प्रेमी महिला सदस्यमा चित्रा कुमारी चंशु, देउमाया ओझा, अन्जना कडरिया, गीता कुमारी सेन्दाङ, मातृका देवी प्रसाईँ, माला  पालुङवा र मैया न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन् । समाजसेवी बुद्धिजीवी दलित सदस्यमा सन्तोष कुमार सार्की, टिकेन्द्र नेपाली, तुलसीमाया बि.क. को उम्मेद्वारी परेको छ । 

शिक्षा प्रेमी बुद्धिजीवी खस आर्य सदस्य तर्फ भोलानाथ पौडेल, टेकनाथ अधिकारी, मातृका प्रसाद नेपाल र अर्जुन प्रसाद तिवारीले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । शिक्षा प्रेमी बुद्धिजीवी जनजाति सदस्यमा विश्वराज लिम्बू, घनेन्द्र मादेन, हिमकला गुरुङ, तेज बहादुर राई, प्रजिन हाङवाङ, रामचन्द्र पोमु र पृथ्वी प्रसाद मादेनको उम्मेद्वारी परेको हो । चन्दादाता अक्षयकोषदातामा भने कुनै उम्मेद्वारी नपरेको बताइएको छ ।

यस्तै भोलि बिहान १० बजे सम्म उम्मेदवारको दाबी विरोध उपर छानबिन हुनेछ भने ११ बजेसम्म उम्मेदवारीको नामवाली प्रकाशन हुनेछ । भली नै १ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामवाली ५ः३० बजेसम्ममा प्रकाशन गरिने छ । पौष २० गते दिउँसो १ बजेबाट ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति : 9:05 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी