पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष पदका लागि ४ जनाले गरे उम्मेद्वारी दर्ता



ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि ४ जनाले उम्मेद्वारी दर्ता गरेका छन्। निर्वाचन समितिका संयोजक राम कुमार थापाका अनुसार तत्कालीन अध्यक्ष गजेन्द्र प्रसाद तुम्याहाङ, फुङलिङ नगरप्रमुख अमिर मादेन, तत्कालीन सदस्य शिला इजम (राई) र कुमार मादेनले उम्मेद्वारी दर्ता गराएका हुन् ।

यस्तै शिक्षा प्रेमी महिला सदस्यमा चित्रा कुमारी चंशु, देउमाया ओझा, अन्जना कडरिया, गीता कुमारी सेन्दाङ, मातृका देवी प्रसाईँ, माला  पालुङवा र मैया न्यौपानेले उम्मेद्वारी दर्ता गराएका छन् । समाजसेवी बुद्धिजीवी दलित सदस्यमा सन्तोष कुमार सार्की, टिकेन्द्र नेपाली, तुलसीमाया बि.क. को उम्मेद्वारी परेको छ । 

शिक्षा प्रेमी बुद्धिजीवी खस आर्य सदस्य तर्फ भोलानाथ पौडेल, टेकनाथ अधिकारी, मातृका प्रसाद नेपाल र अर्जुन प्रसाद तिवारीले उम्मेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । शिक्षा प्रेमी बुद्धिजीवी जनजाति सदस्यमा विश्वराज लिम्बू, घनेन्द्र मादेन, हिमकला गुरुङ, तेज बहादुर राई, प्रजिन हाङवाङ, रामचन्द्र पोमु र पृथ्वी प्रसाद मादेनको उम्मेद्वारी परेको हो । चन्दादाता अक्षयकोषदातामा भने कुनै उम्मेद्वारी नपरेको बताइएको छ ।

यस्तै भोलि बिहान १० बजे सम्म उम्मेदवारको दाबी विरोध उपर छानबिन हुनेछ भने ११ बजेसम्म उम्मेदवारीको नामवाली प्रकाशन हुनेछ । भली नै १ बजेदेखि ५ बजेसम्म उम्मेद्वारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामवाली ५ः३० बजेसम्ममा प्रकाशन गरिने छ । पौष २० गते दिउँसो १ बजेबाट ३ बजेसम्म मतदान हुने निर्वाचन कार्यतालिकामा उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति : १८ पुष २०८१, बिहीबार २१:०५

सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले गर्‍यो सम्मान

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले एसईई र कक्षा आठको परिक्षामा

ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका दुई जना मृत फेला

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका दुई जना

ताप्लेजुङका उत्कृष्ट कृषक सम्मानित

ताप्लेजुङ । कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको

ताप्लेजुङका स्थानीय तहहरूले प्राथमिकता दिन थाले अल्लोलाई

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहहरूले अल्लोलाई प्राथमिकता दिन थालेका छन्

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ