अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मार्फत मेरिङदेनमा ३ सय बढीले लिए सेवा




रेडियो काबेली
ताप्लेजुङ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मार्फत मेरिङदेन गाउँपालिकामा ३ सय बढीले सेवा लिएका छन् । मेरिङदेन गाउँपालिका, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशन नेपालको समान लागत साझेदारी र राष्ट्रिय अपाङ्गता महासंघको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ३ सय ६६ जनाले सेवा लिएका हुन् ।

गाउँपालिका अध्यक्ष युक हाँ बिर हाङ्गामा (डम्बर) का अुनसार शिविरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण, अपाङ्गता परिचयपत्र वितरण तथा आवश्यक पहिचान सम्बन्धी कार्यक्रम पालिकाको ६ वटै वडामा सञ्चालन गरिएको हो । उहाँका अनुसार शिविरमा निशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरी ७ जनालाई अपाङ्गता सम्बन्धी रातो कार्ड, ३९ जनालाई निलो कार्ड, २१ जनालाई पहेँलो कार्ड र ३४ जनालाई सेतो कार्ड गरी जम्मा १०१ जनालाई परिचयपत्र वितरण गरिएको छ । केहि अपाङ्गता भएका व्यक्तिहरुको अवस्था जटिल रहेको र तत्काल उपचार गराउनुपर्ने डाक्टरबाट सुझाब आएकोले उक्त सुझाब अनुसार उपचारमा गाउँपालिकाले सक्दो सहयोग गर्ने अध्यक्ष हाङ्गामले प्रतिवद्धता जनाउनुभयो ।

गत पुष ११ गते देखी सुरु भएको अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मंगलबार सकिएको गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख भावना घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा सहजिकरण गर्ने डाक्टरहरुलाई समापन कार्यक्रममा प्रशंसा पत्रले सम्मान गरिएको छ ।

प्रकाशित मिति : 8:55 pm

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि