ताप्लेजुङमा गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मनाए तमु ल्होसार 



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । ताप्लेजुङमा गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ल्होसार मनाएका छन् । निमा छ्योखोर्लिङ बौद्ध गुम्बा व्यवस्थापन समिति र तमू ह्युल छोंज धिं ताप्लेजुङको आयोजनामा फुङलिङ नगरपालिका वडा नं ६ स्थित बौद्ध गुम्बा परिसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमका साथ तमु ल्होसार मनाइएको हो ।

 

गरुण वर्गको बिदाई र सर्प वर्गको आगमन सँगै मनाइएको ल्होसार कार्यक्रममा तमू समुदायबाट प्रतिनिधित्व गर्ने नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बुद्धिराज गुरुङलाई सम्मान गरिएको छ । यस्तै विभिन्न म्याराथन प्रतियोगितामा भाग लिई विजेता हुनुभएकी तमु समुदायकै प्रतिनिधित्व गर्ने कुमारी गुरुङलाई नगद सहित सम्मान गरिएको छ । 

यो सँगै एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तमू समुदायका विद्यार्थी र बौद्ध गुम्बा व्यवस्थापन समिति साथै तमू ह्युल छोंज धिंमा लामो समय योगदान गरेका व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । 

तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउने गर्छन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको थियो ।

प्रकाशित मिति : 7:47 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले