रेडियो काबेली । ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले हात पारेको छ । मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्दै चर्च ब्वाइज युनाइटेडले फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको हो ।
फिदिम माविको मैदानमा आज भएको फाइनलमा निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो ।
चर्च ब्वाइजले उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको मच्छिन्द्रले पाँच लाख पाँच ५५ रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा ए डिभिजन लिगका चार सहित १० वटा टोली सहभागी थिए ।
प्रतिक्रिया