शिक्षा सम्बन्धी रणनीतिक योजना बनाउँदै मैवाखोला




एलिना दियाली
ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले शिक्षा सम्बन्धी रणनीतिक योजना बनाउने भएको छ । “जमिन टेकेको, क्षितिज देखेको” भन्ने मुख्य नाराका साथ रणनीतिक योजना बनाउने पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार रणनीतिक योजना बनाउनका निम्ति आईतबारबाट दुईदिने कार्यशाला सुरु भएको छ ।


केहि समय अघि मात्र गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्नका निम्ति अभिभावक जागरण अभियान अन्तरगत अभिभावक शिक्षा कार्यक्रम वडागत रुपमा सञ्चालन गरेको थियो । उक्त कार्यक्रमबाट अभिभावकको सकरात्मक सुझाव प्राप्त भएको र उक्त सुझाबलाई आत्मसाथ गर्दै योजना बनाएर काम गरिने पालिका अध्यक्ष वनेमको भनाई छ ।


गत जेठमा महिनामा शिक्षा क्षेत्रका सरोकारवाला निकायहरुको सहभागितामा “बृहत शिक्षा सम्मेलन” गरेको थियो भने जस्ले सार्वजनिक रुपमा ४२ बुँदे घोषणा पत्र जारी गरेको थियो । सोही घोषणा पत्र अनुसार शिक्षा सम्बन्धी रणनीतिक योजना बनाउन कार्यशाला गरिएको गाउँपालिकाले जनाएको छ ।

पौष १४ र १५ गते चल्ने उक्त कार्यशालामा पहिलो दिन सम्पूर्ण विद्यालयका प्रध्यानापक र कार्यपालिका सदस्यको सहभागिता रहेको थियो भने पुष १५ गते विभिन्न तहका बिषयगत शिक्षकहरुको सहभागिता हुनेछ । उक्त कार्यशाला र उक्त रणनितीक योजनाको समग्र सहजीकरण नीति तथा योजनाबिद एवं चेन्ज स्पिकर आर.के.ढुंगानाले गरि रहनुभएको छ । दुईदिने कार्यशालाबाट ५ वर्षे शैक्षिक रणनीतिक योजना निर्माण गरेर सोही योजना अनुसार काम गरिने पालिकाले जनाएको छ ।


सार्वजनिक शिक्षाको रुपान्तरण र सुदृढीकरण आजको आवश्यक्ता रहेकाले परिणाम आउने गरि शैक्षिक गुणस्तर सुधारका निम्ती काम गरि रहेको र सबैलाई सकरात्मक सल्लाह दिन पालिका अध्यक्ष वनेमले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : 8:19 pm

ताप्लेजुङमा चार दिनमा ९५ क्विन्टल चिनी बिक्री

ताप्लेजुङ, असोज २० गते । ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य

एक करोडको शैक्षिक अक्षयकोष स्थापना

ताप्लेजुङ, असोज १८ गते । केत्तकुम लिबाङ पाङ्पत सयङले एक

ताप्लेजुङमा देउवा समूहले प्रदेशसभा र स्थानीय तहका संयोजक तोक्यो

ताप्लेजु, असोज १९ गते । नेपाली कांग्रेसको देउवा समूहले ताप्लेजुङका

फक्ताङलुङमा विद्यार्थीलाई विद्यालय फर्काउने अभियान, पढाइ छाडेका मनिष पुनः विद्यालय फर्किए

ताप्लेजुङ, असोज १९ गते । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा

खेबाङमा खेलकुद महोत्सव हुने

ताप्लेजुङ, असोज १८ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ खेबाङमा आगामी