शिक्षा सम्बन्धी रणनीतिक योजना बनाउँदै मैवाखोला




एलिना दियाली
ताप्लेजुङ । मैवाखोला गाउँपालिकाले शिक्षा सम्बन्धी रणनीतिक योजना बनाउने भएको छ । “जमिन टेकेको, क्षितिज देखेको” भन्ने मुख्य नाराका साथ रणनीतिक योजना बनाउने पालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो । उहाँका अनुसार रणनीतिक योजना बनाउनका निम्ति आईतबारबाट दुईदिने कार्यशाला सुरु भएको छ ।


केहि समय अघि मात्र गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्नका निम्ति अभिभावक जागरण अभियान अन्तरगत अभिभावक शिक्षा कार्यक्रम वडागत रुपमा सञ्चालन गरेको थियो । उक्त कार्यक्रमबाट अभिभावकको सकरात्मक सुझाव प्राप्त भएको र उक्त सुझाबलाई आत्मसाथ गर्दै योजना बनाएर काम गरिने पालिका अध्यक्ष वनेमको भनाई छ ।


गत जेठमा महिनामा शिक्षा क्षेत्रका सरोकारवाला निकायहरुको सहभागितामा “बृहत शिक्षा सम्मेलन” गरेको थियो भने जस्ले सार्वजनिक रुपमा ४२ बुँदे घोषणा पत्र जारी गरेको थियो । सोही घोषणा पत्र अनुसार शिक्षा सम्बन्धी रणनीतिक योजना बनाउन कार्यशाला गरिएको गाउँपालिकाले जनाएको छ ।

पौष १४ र १५ गते चल्ने उक्त कार्यशालामा पहिलो दिन सम्पूर्ण विद्यालयका प्रध्यानापक र कार्यपालिका सदस्यको सहभागिता रहेको थियो भने पुष १५ गते विभिन्न तहका बिषयगत शिक्षकहरुको सहभागिता हुनेछ । उक्त कार्यशाला र उक्त रणनितीक योजनाको समग्र सहजीकरण नीति तथा योजनाबिद एवं चेन्ज स्पिकर आर.के.ढुंगानाले गरि रहनुभएको छ । दुईदिने कार्यशालाबाट ५ वर्षे शैक्षिक रणनीतिक योजना निर्माण गरेर सोही योजना अनुसार काम गरिने पालिकाले जनाएको छ ।


सार्वजनिक शिक्षाको रुपान्तरण र सुदृढीकरण आजको आवश्यक्ता रहेकाले परिणाम आउने गरि शैक्षिक गुणस्तर सुधारका निम्ती काम गरि रहेको र सबैलाई सकरात्मक सल्लाह दिन पालिका अध्यक्ष वनेमले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १४ पुष २०८१, आईतवार २०:१९

पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष पदका लागि ४ जनाले गरे उम्मेद्वारी दर्ता

ताप्लेजुङ । पाथीभरा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि

ताप्लेजुङका दिनेश अधिकारी भए सन् २०२६ को एमडीआरटी बन्ने पहिलो अभिकर्ता 

ताप्लेजुङ । सिटिजन लाइफ इन्स्योरेन्स ताप्लेजुङ शाखाका एजेन्सी म्यानेजर दिनेश

अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मार्फत मेरिङदेनमा ३ सय बढीले लिए सेवा

रेडियो काबेलीताप्लेजुङ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम मार्फत मेरिङदेन

टङ्क भट्टराईको “दिलमायाको चिया दोकान” सार्वजनिक

रेडियो काबेलीताप्लेजुङ । साहित्यकार एवं ताप्लेजुङका तत्कालिन सहायक प्रमुख जिल्ला

नेवि सङ्घ ताप्लेजुङले सुरु गर्‍यो सदस्यता वितरण एवम् सुझाव सङ्कलन कार्यक्रम

ताप्लेजुङ । नेपाल विद्यार्थी सङ्घले राष्ट्रव्यापीरुपमा सदस्यता वितरण एवं सुझाव