कञ्चनजङ्घा हीरक महोत्सव २०८२ हुने, ताप्लेजुङ आउने विदेशी पर्यटकको सङ्ख्या बढ्यो



साहारा लङ्वा लिम्बू

ताप्लेजुङ । कञ्चनजङ्घा हीरक महोत्सव २०८२ हुने भएको छ । विश्वको तेस्रो  र नेपालको दोस्रो हिमशिखर कञ्चनजङ्घा हिमाल सफल आरोहण भएको ७० औं वर्ष पुगेको अवसरमा हीरक महोत्सव २०८२ हुने भएको हो ।

आइतबार ताप्लेजुङको फुङलिङमा रहेको पत्रकार महासङ्घको सभाहलमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सव मिति २०८२ साल बैशाख ५ गतेदेखि ७ गते सम्म सञ्चालन हुने जानकारी गराइएको छ । महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको आयोजनामा हुने छ । 

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं. ६ लेलेपमा सञ्चालन हुने महोत्सवमा कञ्चनजङ्घा आरोहण गरेका व्यक्तिहरू र उहाँहरूका परिवारहरूलाई आमन्त्रण गरिने परिषद्ले जनाएको छ । जिल्लाको पर्यटन विकास सँगै कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पर्यावरणीय पर्यटकीय क्षेत्रको रुपमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्सवको आयोजना गर्न लागिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले जानकारी दिनुभएको छ । 

लिम्बूका अनुसार महोत्सवमा जनचेतनामूलक कार्यक्रम सहित भलिबल प्रतियोगिता र स्थानीय साथै राष्ट्रिय कलाकारहरूको साथमा सांस्कृतिक कार्यक्रम समेतको आयोजना गरिने छ । 

पछिल्ला ५ वर्षको अवधिमा ताप्लेजुङ आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि
साथै पछिल्ला ५ वर्षको अवधिमा ताप्लेजुङ आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । विषेश गरि कोरोना पछि यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत प्रमोदकुमार यादवले बताउनुभयो । 

उहाँका अनुसार चालू आर्थिक वर्ष २०८१/८२ को मंसिर सम्ममा ८ सय ७७ जना विदेशी पर्यटक ताप्लेजुङ आएका छन् भने, गत आर्थिक वर्ष २०८०/८१ मा १ हजार ८५ जना विदेशी पर्यटक ताप्लेजुङमा आए ।

आव २०७९/८० ७ सय १३ विदेशी पर्यटकको आगमन भएको थियो । कोरोना सङ्क्रमणको मुख्य अवधि आव २०७८/७९ मा विदेशी पर्यटकको सङ्ख्या २ सय ६ जना मात्र रहेको थियो । 

यस्तै कोरोना अघि आर्थिक वर्ष २०७६/७७ को एक वर्षे अवधिमा ६ सय ८ जना विदेशी पर्यटक ताप्लेजुङ आएका थिए । 

प्रकाशित मिति : १४ पुष २०८१, आईतवार ११:३१

ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र

ताप्लेजुङमा गणतन्त्र रक्षाका लागि वृहत जागरण ¥याली तथा सभा

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा वृहत गणतान्त्रिक जागरण ¥याली तथा

सञ्चारकर्मीलाई निसाना बनाएको भन्दै पत्रकार महासङ्घ ताप्लेजुङद्वारा गृहमन्त्रालयलाई ध्यानाकर्षण

ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एमाले ताप्लेजुङले वृहत जनसभामा गर्ने

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले गणतान्त्रिक जागरण सभा गर्ने भएको

सोमवार इदको सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र ९इद० को