ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्थाको बचत ८६ लाख बढी




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्था लिमिटेडले ८६ लाख बढी रकम बचत गरेको छ । शुक्रबार भएको २४ औँ साधारण सभामा कोषाध्यक्ष खड्ग बहादुर मोक्तानले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८०।८१ को आर्थिक प्रतिवदेन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा ७ करोड ७९ लाख २७ हजार ६ सय ९५ रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने उक्त रकम मध्ये ६ करोड ९३ लाख २३ हजार ७ सय ८ रुपैयाँ सञ्चालन खर्च भई ८६ लाख ३ हजार ९ सय ८७ रुपैयाँ सञ्चालन बचत गरेको हो ।

यसैबिच सहकारी संस्थाको साधारण सभाले टामन सिग्देलको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद श्रेष्ठका अनुसार समितिको उपाध्यक्षमा खगेन्द्रकुमार कार्की, सदस्यहरुमा खड्गबहादुर मोक्तान,गीतादेवी गुरुङ,तेजबहादुर खत्री भट्टराई, देउमाया ओझा, बलबहादुर ओख्राबु, मीनाकुमारी गुरुङ, युवराज बराल,राजेश प्याकुरेल र रामबहादुर लिम्बू चयन हुनु भएको छ । ३ हजार शेयर सदस्यहरु रहेको सहकारी संस्थाको लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा तारानाथ बराल र सदस्यद्धयमा जीतेन लिम्बू र शर्मिला भण्डारी चयन हुनु भएको छ । समितिमा अधिकाँश पुरानै अनुहार दोहोरिएका छन् ।

प्रकाशित मिति : 6:29 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ