ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्थाको बचत ८६ लाख बढी




रेडियो काबेली
ताप्लेजुङ ।
ताप्लेजुङ बहुउद्देश्य सहकारी संस्था लिमिटेडले ८६ लाख बढी रकम बचत गरेको छ । शुक्रबार भएको २४ औँ साधारण सभामा कोषाध्यक्ष खड्ग बहादुर मोक्तानले प्रस्तुत गर्नु भएको आर्थिक बर्ष २०८०।८१ को आर्थिक प्रतिवदेन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा ७ करोड ७९ लाख २७ हजार ६ सय ९५ रुपैयाँ सञ्चालन आम्दानी गरेको छ भने उक्त रकम मध्ये ६ करोड ९३ लाख २३ हजार ७ सय ८ रुपैयाँ सञ्चालन खर्च भई ८६ लाख ३ हजार ९ सय ८७ रुपैयाँ सञ्चालन बचत गरेको हो ।

यसैबिच सहकारी संस्थाको साधारण सभाले टामन सिग्देलको अध्यक्षतामा संस्थाको नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद श्रेष्ठका अनुसार समितिको उपाध्यक्षमा खगेन्द्रकुमार कार्की, सदस्यहरुमा खड्गबहादुर मोक्तान,गीतादेवी गुरुङ,तेजबहादुर खत्री भट्टराई, देउमाया ओझा, बलबहादुर ओख्राबु, मीनाकुमारी गुरुङ, युवराज बराल,राजेश प्याकुरेल र रामबहादुर लिम्बू चयन हुनु भएको छ । ३ हजार शेयर सदस्यहरु रहेको सहकारी संस्थाको लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा तारानाथ बराल र सदस्यद्धयमा जीतेन लिम्बू र शर्मिला भण्डारी चयन हुनु भएको छ । समितिमा अधिकाँश पुरानै अनुहार दोहोरिएका छन् ।

प्रकाशित मिति : 6:29 am

प्रथम माघेमेला गोल्ड कप : आज सेमिफाइनलका खेल हुने

ताप्लेजुङ, माघ ४ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम

ताप्लेजुङमा नेकपाबाट परागको उम्मेद्वारी पक्का  

ताप्लेजुङ, माघ ३ गते । आगामी फागुन २१ गते हुने

तेस्रो वरकदेन गोल्ड कप : थलङको विजयी यात्रा सुरु 

ताप्लेजुङ, माघ ३ गते । ताप्लेजुङको मेरिङदेन–५ वरकदेनमा सञ्चालन भएको

प्रथम माघेमेला गोल्ड कप : लालीगुँरास सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ, माघ ३ गते । लालीगुँरास स्पोर्टिङ क्लब सुरुमखिम ताप्लेजुङको

प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि हुने

ताप्लेजुङ । प्रथम लिङ्तेप आमन्त्रित गोल्डकप माघ ९ गते देखि