क्रिसमसको अवसरमा एक सय बालबालिकालाई न्यानो कपडा वितरण



ताप्लेजुङ । क्रिसमसको अवसरमा समाजसेवी सुमन तामाङ र रविना हाङ्गामले एक सय जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । फुङ्लिङ नगरपालिका वडा नं. ५ मा रहेको ख्रिष्टीय बप्तिस मण्डलीका ८० जना बालबालिका र मेरिङ्देन गाउँपालिका वडा नं. ४ लिङ्तेपमा रहेको लिङ्तेप बप्तिस मण्डलीका २० जना गरी जम्मा एक सय जना बालबालिकालाई उक्त न्यानो कपडा वितरण गर्नु भएको हो ।

न्यानो कपडामा प्रत्येकलाई एक एक थान ज्याकेट, टोपी र मोजा वितरण गरिएको छ । क्रिसमसको खुसियालीमा जाडो छल्नका लागि बालबालिकालाई न्यानो कपडा वितरण गरिएको रविना हाङ्गामले जाकारी दिनुभएको छ । 

इसाई धर्मावलम्बीले हिजो क्रिसमस दिवस मनाएका छन् । अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले  क्रिसमस धुमधामका साथ मनाएका हुन् ।

दुई हजार वर्षअघि इस्राएलको यरूशलेम शहरमा कन्या मरियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूलाई जिसस क्राइस्ट पनि भनिन्छ जसको अर्थ ‘मुक्तिदाता’ हुन्छ । येशूलाई इसाईहरूले परमेश्वरको पुत्रको रूपमा विश्वास गर्दछन् । मानव जातिका लागि उहाँले गर्नुभएको योगदानको सम्झनामा गर्दै इसाई धर्मावलम्बीले यो उत्सव मनाउने गर्दछन् ।

येशूको जन्मसँगै इस्वी संवत् सुरु भएको विश्वास गरिन्छ ।  ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरूमा प्रार्थना लगायत उपहार आदानप्रदान कार्यक्रम गरी येशू ख्रीष्टको सम्झना गरिएको छ ।

प्रकाशित मिति : ११ पुष २०८१, बिहीबार १८:२१

ताप्लेजुङमा एकजनामा डेङ्गु संक्रमण

रेडियो काबेलीताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा एकजनामा डेंगु संक्रमण देखिएको

पाथिभरा बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यमा नाल्बो मनोनित 

सौगात विष्ट ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको एक मात्र स्नातकोत्तर सञ्चालन रहेको

ताप्लेजुङको पाथिभरा बहुमुखी क्याम्पसको नामले अधिकार पायो 

ताप्लेजुङ । ताप्लेजुङको एक मात्र स्नातकोत्तर सञ्चालन हुने पाथिभरा बहुमुखी

ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लबमा दुई विदेशी खेलाडी

ताप्लेजुङ । अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपका लागि तेल्लोक स्पोर्टिङ क्लब

देशभर मनसुनी वायुको प्रभाव, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

ताप्लेजुङ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान