क्रिसमसको अवसरमा एक सय बालबालिकालाई न्यानो कपडा वितरण



ताप्लेजुङ । क्रिसमसको अवसरमा समाजसेवी सुमन तामाङ र रविना हाङ्गामले एक सय जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । फुङ्लिङ नगरपालिका वडा नं. ५ मा रहेको ख्रिष्टीय बप्तिस मण्डलीका ८० जना बालबालिका र मेरिङ्देन गाउँपालिका वडा नं. ४ लिङ्तेपमा रहेको लिङ्तेप बप्तिस मण्डलीका २० जना गरी जम्मा एक सय जना बालबालिकालाई उक्त न्यानो कपडा वितरण गर्नु भएको हो ।

न्यानो कपडामा प्रत्येकलाई एक एक थान ज्याकेट, टोपी र मोजा वितरण गरिएको छ । क्रिसमसको खुसियालीमा जाडो छल्नका लागि बालबालिकालाई न्यानो कपडा वितरण गरिएको रविना हाङ्गामले जाकारी दिनुभएको छ । 

इसाई धर्मावलम्बीले हिजो क्रिसमस दिवस मनाएका छन् । अङ्ग्रेजी पात्रोअनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशू ख्रीष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार इसाई धर्मावलम्बीले  क्रिसमस धुमधामका साथ मनाएका हुन् ।

दुई हजार वर्षअघि इस्राएलको यरूशलेम शहरमा कन्या मरियमको कोखबाट येशूको जन्म भएको मानिन्छ । येशूलाई जिसस क्राइस्ट पनि भनिन्छ जसको अर्थ ‘मुक्तिदाता’ हुन्छ । येशूलाई इसाईहरूले परमेश्वरको पुत्रको रूपमा विश्वास गर्दछन् । मानव जातिका लागि उहाँले गर्नुभएको योगदानको सम्झनामा गर्दै इसाई धर्मावलम्बीले यो उत्सव मनाउने गर्दछन् ।

येशूको जन्मसँगै इस्वी संवत् सुरु भएको विश्वास गरिन्छ ।  ‘ख्रीष्टमस’ पनि भनिने यस अवसरमा आज देशभरका चर्चहरूमा प्रार्थना लगायत उपहार आदानप्रदान कार्यक्रम गरी येशू ख्रीष्टको सम्झना गरिएको छ ।

प्रकाशित मिति : 6:21 pm

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका