ताप्लेजुङमा नाबालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ



ताप्लेजुङ । ताप्लेजुङमा नाबालिकालाई करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । १४ वर्षीय नाबालिकालाई पटक–पटक करणी गरेको अभियोगमा ३८ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

मोबाइल किनिदिएर बालिकालाई पटक–पटक करणी गरेको जाहेरीको आधारमा पुरुषलाई नियन्त्रणमा लिइ अनुसन्धानलाई जारी राखिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार युवकले बालिकालाई पुष २ गते र ४ गते रातको समयमा जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख  छ । जाहेरीका आधारमा युवकलाई खोजी गर्ने क्रममा शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

उनलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ ९३० बमोजिम अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धानलाई जारी राखिएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति : 6:25 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले