आज विश्व ध्यान दिवस : नेपालमा पनि मनाइँदै



संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन् ।

संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ ।

प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलीलगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएका छन् ।

दिवसको अवसरमा विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान कार्यक्रम आयोजना गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घको विशेष कार्यक्रम आज अमेरिकाको न्यूर्योकमा आयोजना हुँदैछ । कार्यक्रमको प्रमुख वक्ता डा।टोनी नादर हुनुहुन्छ । उहाँ हार्वर्ड–प्रशिक्षित स्नायुविज्ञानी र भावातीत ध्यानको संस्थाका विश्वव्यापी प्रमुख हुनुहुन्छ ।

नेपाल महर्षि वैदिक फाउन्डेसनका अनुसार कार्यक्रममा विश्वभरिका ध्यानीहरूले नेपाली समयअनुसार बिहान ८ बजेर ४५ मिनेटदेखि बेलुकी र ५ बजेर ४५ मिनेटसम्म ध्यान गर्नेछन् ।

यसबाट शान्तिको निरन्तर लहर पृथ्वीभर फैलने विश्वास गरिएको फाउन्डेसनका अध्यक्ष एवम् पूर्वगृह राज्यमन्त्री दीपकप्रकाश बास्कोटाले बताउनुभयो ।

प्रकाशित मिति : 7:09 am

 सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन र फुङलिङ भिड्दै

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला

नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले मंसिर २५ गते एकता सन्देश सभा गर्ने 

ताप्लेजुङ, मंसिर १९ गते । नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आगामी

दोस्रो साङधुङगे माङ्गेना कपको उपाधि हाङपाङलाई

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित

मेरिङदेनको नाल्बुस्थित हाङलुङ पार्कमा राष्ट्रिय झण्डा तोलन

ताप्लेजुङ, मंसिर १९ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६, नाल्बुमा अवस्थित

दोस्रो साङधुङगे माङ्गेना कप : उपाधिका लागि आज हाङपाङ र खाम्लुङ भिड्दै

ताप्लेजुङ, मंसिर १८ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ थुकिमामा आयोजित