शङ्खर स्मृति प्रतिष्ठानद्वारा शान्ति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण



ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित हर्कमान दिलमाया शङ्खर स्मृति प्रतिष्ठानले एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। प्रतिष्ठानले चौथो स्मृति दिवसको अवसरमा शुक्रबार फुङ्लिङ नगरपालिका–२ को शान्ति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो।

प्रतिष्ठानका संरक्षक गङ्गाराम शङ्खरका कापी, डटपेनलगायतका शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरिएको छ। शान्ति आविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरणसँगै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसमेत प्रदान गरिएको शङ्खरले जानकारी दिनुभयो।

कक्षाका प्रथम, द्वितीय र तृतीय स्थान ल्याउने विद्यार्थी साथै विद्यालय प्रथम, अनुशासित, जेहेन्दार तथा नियमित विद्यालय आउने विद्यार्थीलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार वितरण गरिएको प्रतिष्ठानले जनाएको छ। संरक्षक शङ्खरका अनुसार आफ्ना स्वर्गीय बाबुआमा हर्कमान, दिलमाया र श्रीमती दिलमाया शङ्खरको स्मृतिमा २०७७ सालमा अक्षयकोष स्थापना गरिएको हो।

शान्ति आधारभूत विद्यालयमा सञ्चालन हुने गरी प्रतिष्ठानले अक्षयकोष स्थापना गरेको हो भने कोषको व्याजले बिद्यार्थीलाई शैक्षिक सामग्री, पुरस्कार वितरण गरिँदै आएको छ। शान्ति आधारभूत बिद्यालयमा हाल ८२ जना बिद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक खगेन्द्रकुमारी कार्कीले जानकारी दिनुभयो। gorkhapatraonline.com

प्रकाशित मिति : 7:05 am

ताप्लेजुङमा नेकपा एमालेका क्षितिज थेवे विजयी

ताप्लेजुङ, फागुन २३ गते । ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा मतगणना सुरु भएको छ

ताप्लेजुङमा १ बजेदेखि मतगणना सुरु हुने

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा दिउँसो १ बजेदेखि मतगणना

ताप्लेजुङको सबै केन्द्रको मतपेटिका सङ्कलन, सर्वदलीय बैठकपछि गणना गरिने 

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङमा सबै मतदान केन्द्रका मतपेटिका

ताप्लेजुङका ४ केन्द्रको मतपेटिका सङ्कलनका लागि हेलिकोप्टर प्रस्थान

ताप्लेजुङ, फागुन २२ गते । ताप्लेजुङको हिमाली बस्ती फक्ताङलुङ गाउँपालिकाका