बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प गयो



बाजुरा केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु भएर शनिबार बिहान ४ बजेर १४ मिनेटमा ५।२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए। भूकम्पको​ महशुस सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा पनि गरिएको छ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार भूकम्पको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। मानवीय क्षति भएको खबर नआएको र भौतिक क्षतिको विवरण स्थानीय तह र प्रहरीले संकलन गरिरहेको उनले बताए।

प्रकाशित मिति : ६ पुष २०८१, शनिबार ०६:४०

रबि लामिछाने : नेतृत्व र परिवर्तनको सम्भावना

वीरेन्द्र श्रेष्ठताप्लेजुङ । समाज परिवर्तनको लागी कोहि न कोहिले परिवर्तनको

आज विश्व ध्यान दिवस : नेपालमा पनि मनाइँदै

संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि

शङ्खर स्मृति प्रतिष्ठानद्वारा शान्ति आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण

ताप्लेजुङ। ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित हर्कमान दिलमाया शङ्खर स्मृति प्रतिष्ठानले एक

बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्यूडको भूकम्प गयो

बाजुरा केन्द्रबिन्दु बनाएर शनिबार बिहान भूकम्प गएको छ। जगन्नाथ गाउँपालिकाको

नेपाल प्रिमियर लिग : उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर खेल्दै

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेल आज