पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने, घण्टीको गेट बनाइने



ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न आवश्यक पहल अघि बढाउने भइएको छ । पाथीभरा क्षेत्र विकास समितिको आज बसेको बैठकले पाथीभरालाई विश्व सम्पदामा सूचिकृत गर्ने पहल अघि बढाउने निर्णय गरेको हो । 

पाथीभरा क्षेत्र विकासका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरा मन्दिर विश्व सम्पदा सूचीमा सूचिकृत हुन सक्ने सम्भाव्य क्षेत्र र पर्याप्त विशेषता भएकोले उक्त क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेशको लागि पहल अगाडि बढाइने भएको हो । यस्तै फुङलिङ नगरप्रमुख अमिर मादेनले पाथीभरा क्षेत्र विश्व सम्पदा सूचीमा समावेश हुन सक्ने विशेषताले भरिपूर्ण भएकोले सूचीकृतका लागि पहल अघि बढाउनु सकारात्मक भएको बताउनुभयो । 

पाथीभरा मन्दिरले धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक महत्व बोकेकाले यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न चाहिने आवश्यक प्रकृया अघि बढाउने निष्कर्ष लिएको क्षेत्र विकास समितिले जनाएको छ । यो सँगै मन्दिरमा चढाइएको घण्टीलाई आवश्यक व्यवस्थापन गर्ने भएको छ ।  

पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेवेका अनुसार पाथीभरा मन्दिरमा भक्तजनहरूले चढाएको घण्टी पाथीभरा क्षेत्रमा घण्टी गेट, घण्टी पार्क बनाउन सकिने गरी व्यवस्थापन गर्ने निर्णय भएको छ । उहाँका अनुसार पाथीभरालाई थप व्यवस्थित गर्नका लागि गुरु योजना निर्माण गरी अघि बढाउने निर्णय समेत गरिएको छ । 

साथै पाथीभरा मन्दिर परिसरमा रहेको हेलिप्याड सार्ने निर्णय गरिएको छ । हेलिप्याड गेट भन्दा बाहिर सार्ने भएको हो । 

प्रकाशित मिति : १ पुष २०८१, सोमबार १८:०५

ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियुमा निर्वाचित

ताप्लेजुङ । ताप्लेजुङका दुई जना त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र

ताप्लेजुङमा गणतन्त्र रक्षाका लागि वृहत जागरण ¥याली तथा सभा

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ बजारमा वृहत गणतान्त्रिक जागरण ¥याली तथा

सञ्चारकर्मीलाई निसाना बनाएको भन्दै पत्रकार महासङ्घ ताप्लेजुङद्वारा गृहमन्त्रालयलाई ध्यानाकर्षण

ताप्लेजुङ । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ

सङ्घीय लोकतान्त्रिक गणतन्त्र रक्षाको लागि एमाले ताप्लेजुङले वृहत जनसभामा गर्ने

ताप्लेजुङ । नेकपा एमाले ताप्लेजुङले गणतान्त्रिक जागरण सभा गर्ने भएको

सोमवार इदको सार्वजनिक बिदा

काठमाडौँ । सरकारले इस्लाम धर्मावलम्बीको पर्व इद–उल फित्र ९इद० को