साङ्धुङगे माङ्गेन्ना यक थुकिमामा चासोक तङ्नाम भव्य रुपमा सम्पन्न



बि. पि. साम्याङखाम
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ५ थुकिमामा चासोक तङ्नाम भव्य रुपमा सम्पन्न भएको छ । लिम्बूहरूको ऐतिहासिक यक साङ्धुङगे मासिरेङ माङ्गेन्ना यकमा मंसिर २५ गते सुरु भएको उक्त तङ्नाम मंसिर ३० गते सम्पन्न भएको हो ।

चासोक तङ्नाम ‘न्वागी पूजा’ अर्थात् उँधौली पूजा पनि भन्ने गरिन्छ । उँधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।

लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्र्याइएको खुसियालीमा यो पर्व मनाउने गरिन्छ ।

चासोक तङ्नामको अवसरमा साङ्धुङगे माङ्गेन्ना कप पुरुष फुटबल प्रतियोगिता, साङ्धुङगे म्याराथुन प्रतियोगिता लगायत लिम्बू जातिको मौलिक खेलकुदहरू च्याब्रुङ (के:लाङ्), धान नाच, पालाम, हाक्पारे, ख्यालि, छेलो (प:ङलुङ) हान्ने, डोरी तान्ने प्रतियोगिताहरू समावेश गरिएको थियो । फुटबल प्रतियोगिता अन्तर्गत विजेता थुकिमा र उपविजेता ढुङ्गेसाँघुले क्रमश नगद एक लाख २० हजार र ८० हजारसहित ट्रफि, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् । 

त्यसैगरी साङ्धुङगे म्याराथुन प्रतियोगिता अन्तर्गत थुकिमाका पवन लङ्वा प्रथम र नाल्वुका रोशन लिम्बू दोस्रो भएका छन् । छेलो (प:लुङ) हान्ने प्रतियोगितामा राज केदेम प्रथम र घणिन्द्र लिम्बू दोस्रो स्थान हासिल गरेका छन् । महिला तर्फ डोरी तान्ने प्रतियोगितामा सांस्कृतिक महिला आमा समुह लिङतेप प्रथम र थुकिमा महिला समुह दोस्रो भएका छन ।

कोशी प्रदेशका उद्योग तथा कृषि सहकारी मन्त्री खगेन सिं हाङगामको प्रमुख आतिथ्यता, समितिका अध्यक्ष विशाल लङ्वाको अध्यक्षता र मेरिङ्दन गाउँपालिका अध्यक्ष यूकहाङ बिर हाङगाम (डम्बर)को विशिष्ट आतिथ्यतामा चासोक तङ्नाम कार्यक्रम समापन गरिएको हो । 

प्रकाशित मिति : १ पुष २०८१, सोमबार १७:४०

सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले गर्‍यो सम्मान

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले एसईई र कक्षा आठको परिक्षामा

ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका दुई जना मृत फेला

ताप्लेजुङ । ताप्लेजुङमा तमोर नदीले बगाएर बेपत्ता भएका दुई जना

ताप्लेजुङका उत्कृष्ट कृषक सम्मानित

ताप्लेजुङ । कृषि ज्ञान केन्द्र ताप्लेजुङले उत्कृष्ट कृषकलाई सम्मान गरेको

ताप्लेजुङका स्थानीय तहहरूले प्राथमिकता दिन थाले अल्लोलाई

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहहरूले अल्लोलाई प्राथमिकता दिन थालेका छन्

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ