ताप्लेजुङबाट चार शङ्कास्पद बोलेरो जिप पक्राउ



ताप्लेजुङ, मंसिर २ गते । ताप्लेजुङबाट चार वटा शङ्कास्पद बोलेरो जिप पक्राउ परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीको संयुक्त निगरानीमा उक्त बोलेरोहरु पक्राउ परेका हुन् ।

फुङलिङ नगरपालिकाको विभिन्न स्थानबाट चेक जाँचको क्रममा चार वटा बलेरो जिप नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख सुमन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार ना. १ ज १५८३ नम्बरको गाडी नम्बर यातायात व्यवस्थापन कार्यालय वीरगन्ज पर्साको अभिलेखमा नदेखिएका कारण नियन्त्रणमा लिइएको हो ।

यस्तै को. १ ज ११११ नम्बरको बोलेरोको सवारी दर्ता किताबमा रहेको तर इन्जिन नम्बर सँगै गाडीमा भएको इन्जिन सँग मेल नखाएकोले पक्राउ गरिएको अधिकारीको भनाई छ । आर्को गाडी नम्बर ना. ३ च ३९२८ को इन्जिन नम्बर यातायात व्यवस्थापन कार्यालयको अनुमति नलिइ सञ्चालन गरेको पाइएको छ ।

साथै ना. २ च ७२९५ नम्बर भएको बोलेरोको सवारी दर्ता भएको तर इन्जिन सँग गाडीमा भएको इन्जिन मेलन नखाएको साथै गाडीको सावरी दर्तामा रातो रङ्ग उल्लेख भएको तर, गाडी सेतो रङमा सञ्चालन भइरहेकाले पक्राउ गरिएको हो । पक्राउ गरिएका सवारी साधनहरूलाई थप अनुसन्धानका लागि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीमा पठाइने छ ।

विषेश गरि पाथीभरा मन्दिरको सिजनका बेला जिल्लामा यस्ता सवारी साधनहरू सञ्चालनमा आउने गरेका कारण निगरानीलाई बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख अधिकारीले बताउँनुभयो । उहाँका अनुसार चार पाङ्ग्रे मात्र नभइ दुई पाङ्ग्रे सवारी साधनमा पनि निगरानी बढाइएको छ ।

प्रकाशित मिति : 6:44 am

बसाइँ सराईका लागि सिरिजङ्घामा जग्गा खरिद अनिवार्य

ताप्लेजुङ, जेठ २५ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र

रोकिएको केबुलकार चाँडो सुरु गर्न माग 

ताप्लेजुङ, जेठ २५ गते । रोकिएको निर्माणाधीन केबुलकार परियोजना चाँडो

विकास आयोजनाहरू शीघ्र सम्पन्न गर्न दबाब दिन फुङलिङमा वृहत् शान्ति र्‍याली हुँदै

ताप्लेजुङ, जेठ २४ गते । ताप्लेजुङमा सञ्चालन तथा निर्माणाधीन विकास

श्रम संस्कृति पार्टीद्वारा मुधिङकोक्मा पार्क क्षेत्रमा सरसफाइ 

ताप्लेजुङ, जेठ २४ गते । श्रम संस्कृति पार्टी ताप्लेजुङले जिल्लाको

रास्वपा ताप्लेजुङको सभापतिमा गुरुङ

ताप्लेजुङ, जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ