फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको अध्यक्षमा काजीमान पालुङ्वा



ताप्लेजुङ ।  फुरुम्बो पालुङ्वा वंश प्रतिष्ठानको अध्यक्षमा काजीमान पालुङ्वा चयन हुनु भएको छ । शनिबार ताप्लेजुङको फुङलिङमा सम्पन्न भएको दोश्रो राष्ट्रिय महाधिवेशनबाट पालुङ्वा सर्वसम्मत अध्यक्षमा निर्विरोध चयन हुनु भएको हो । 

प्रतिष्ठानको उपाध्यक्षमा शुक्रराज फुरुम्बो, महिला उपाध्यक्ष कमला पालुङ्वा, सचिव मान बहादुर पालुङ्वा, सहसचिव हर्कराज पालुङ्वा र कोषाध्यक्षमा नारायणी पालुङ्वा निर्विरोध चयन हुनु भएको छ । 

त्यस्तै सदस्यहरूमा बुद्धिमान पालुङ्वा, नबिन फुरुम्बो, ईन्द्रहाङ पालुङ्वा, चन्द्रलाल फुरुम्बो, दिलमाया पालुङ्वा (चेम्जोङ), कैलाश पालुङ्वा, सम्भुराज पालुङ्वा, बिजय पालुङ्वा र दिल बहादुर पालुङ्वा चयन हुनु भएको छ । 

प्रतिष्ठानले पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । संयोजकमा गम बहादुर फुरुम्बो रहनु भएको छ । त्यस्तै पुर्ण बहादर पालुङ्वा, पदम सुन्दर पालुङ्वा, प्रविण पालुङवा र सञ्जुहाङ पालुङ्वा सल्लाहकार समितिको सदस्य रहने प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले महाधिवेशनकै अवसरमा फुरुम्वो–पालुङ्वा समुदायका ज्येष्ठ नागरिकलाई सम्मान पत्रका साथमा दोसल्लाले सम्मान गरेको छ । यस्तै आजीवन सदस्य, वंश भित्र विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्तिलाई समेत प्रशंसा–पत्र मार्फत सम्मान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले प्राकृतिक बिपदमा परेका आफ्ना वंश भित्रका परिवारहरूलाई बिभिन्न किसिमका सहयोग गर्नुका साथै वंशावली निर्माण, अग्रज पुस्ताको विवरणको खोज तथा अनुसन्धान लगायतका गतिविधिहरू गर्दै आइरहेको छ । महाधिवेशनमा ताप्लेजुङ सहित पाँचथर, झापा, मोरङ लगायतका क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 7:35 pm

ताप्लेजुङमा १३ दलको उम्मेद्वारी दर्ता (फोटोफिचर)

साहारा लिम्बू ताप्लेजु, माघ ६ गते । आगामी फागुन २१ गते

प्रथम मागेमेला गोल्ड कपको उपाधि आयोजकलाई 

ताप्लेजुङ, माघ ६ गते । प्रथम मागेमेला गोल्ड कपको उपाधि

ताप्लेजुङमा सोनाम ल्होछार भब्यताका साथ मनाईयो

ताप्लेजुङ । ताप्लेजुङमा २८६२ औँ सोनाम ल्होछार भब्यताका साथ मनाईएको

ईजाजत प्राप्त हातहतियार बुझाउन ताप्लेजुङ प्रशासनको आग्रह

ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले इजाजत प्राप्त हातहतियार स्थानीय

प्रथम माघेमेला गोल्ड कपको उपाधी आयोजक सिंवा स्पोर्टिङलाई

ताप्लेजुङ । प्रथम माघेमेला गोल्डकपको उपाधी आयोजक सिंवा स्पोर्टिङ क्लबले